अध्यक्ष ओली – सरकारले करोडौं पैसा दिएर सांसद किन्न खोज्दैछ

kp-oliकाठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधान्त्री केपी ओलीले पैसा र राज्यशक्तिको बलमा सरकारले दलहरु तोडफोड गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार एमाले संसदीय दलको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकार सत्तापक्षमाथि पैसा र उपप्रधानमन्त्री तथा मन्त्रीको प्रलोभन देखाएर सांसद किनबेचमा उत्रिएको छ । सरकारले करोड-करोड रुपैयाँ दिन्छु भन्छ, कहाँबाट ल्यायो ? मन्त्री भनेको राज्यकोष हो, त्यो दिएर पार्टी तोडफोड गर्छु भन्नु भ्रष्टाचार हो । त्यसैले यो सरकार भ्रष्ट र अनैतिक सरकार हो । यसले मान्छेको इमान किन्न खोज्दैछ ।’

संसद बैठकअघि बसेको संसदीय दलको बैठकमा ओलीले हेलिकोप्टर पठाउँदा पनि सांसद फेला नपरेको र राप्रपाका देशभक्त सांसदहरुले राष्ट्रघातको मतियार बन्न नमानेको कारण बैठक केही दिन रोकिने संकेत गरेको बताए ।

स्वच्छ ढंगले मतदानबाट संविधान संशोधन विधेयक टुंगो लगाउने अवस्था अब संसदमा नरहेको घोषणा गरे । ‘यति करोड दिन्छु पार्टी छाड भन्ने, पार्टी फुटाउन खोज्ने, मन्त्री दिन्छु भन्ने ?’ ओलीले भने, ‘पहिले सरकारले माफी माग्नुपर्छ अनिमात्र अरु कुरा हुन्छ । यस्ता अनैतिक सरकारसँग बसेर भोट गनेर चल्दैन । स्वच्छ ढंगले मतदान पनि हुन दिने भएनन् ।’

उनले देशका विरुद्ध इमानमाथि हमला, नैतिकतामाथि हमला गर्ने अनैतिक भ्रष्ट सरकारले माफी नमागी अघि बढ्न नसकिने पनि बताए ।  आफूलाई विभिन्न साना पार्टीका सांसदले प्रलोभन आएको बारेमा जानकारी दिएको  भन्दै अध्यक्ष ओलीले सांसदहरुलाई सत्तापक्षबाट दिइएको पलोभनको प्रमाण आफूसँग रहेको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन – यस्तो छ पुनर्गठित मन्त्रीपरिषद्

१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता

१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा

आठ महिनामा इन्डोनेसियासँग मात्र ३० अर्बभन्दा माथिको व्यापार घाटा

१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब

इटहरीमा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड,आन्दोलन हिंसात्मक बन्दै

१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका