किन भयो मध्यरातमा सत्तारुढ र मधेसी मोर्चाको संशोधन दर्ता ? (पूर्ण पाठसहित)

Samsodhan-1 (1)१६ बैशाख, काठमाडौं । संविधान संशोधन विधेयकमा सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट संशोधन मध्यरातमा दर्ता भएको छ ।

 

संशोधन दर्ताका लागि दिएको समयको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका थिए । र, राति अबेर १० बजे मात्र संशोधन संसद सचिवालयमा दर्ता गरेका छन् ।

सत्तारुढ दलले राखेको संशोधन पास भए अब प्रदेशको सीमांकन हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमति चाहिने छैन, परामर्श मात्र लिइनेछ ।

संसदमा दर्ता भएको विधेयकमा सम्वन्धित प्रदेशको सहमतिमा सीमांकन हेरफेर गर्न सकिने व्यवस्था छ । तर, मधेसी मोर्चाले यसलाई अस्वीकार गरेपछि सरकार उकै माग अनुसार सम्वन्धित प्रदेशको सहमतिको सट्टा परामर्श शब्द राख्न सहमत भएका छन् ।

यस्तै संघीय आयोग गठनसम्वन्धी धारा पनि संशोधन परेको छ । सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट परेको संशोधनले आयोगको समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुने सुनिश्चित गरेको छ ।

संशोधन माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, कांग्रेसका चिनकाजी श्रेष्ठ, राप्रपाकी कुन्ती शाही, तमलोपाका जंगीलाल राय र सद्भावनाका लक्ष्मणलाल कर्णले हालेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी