करिब दुई वर्षको पर्खाइपछि बाहुबलीको दोस्रो भाग शुक्रबार रिलिज भएको छ । यस बीच, भारतको तामिलनाडुमा फिल्मको सवै शो क्यान्सिल भएको छ । जसका कारण रातभर सिनेमा घरमा लाइनमा बसेका मानिसहरु आन्दोलनमा उत्रिएका छन् ।
आज बाट फिल्म चल्न शुरु भएसँगै मानिसहरुले ‘बाहुबलीलाई कटप्पालाई किन मारे ?’ भन्ने प्रश्नको जवाफसमेत पाउने भएका छन् ।
फिल्मलाई लिएर दर्शहरुमा निकै जोश रहेको छ । देशभर बाहुबली २ को रिलिजले वितरकहरुमा फिल्मले नयाँ इतिहास रच्ने आशा पलाएको छ ।
समाचारहरुका अनुसार बाहुबली २ को सवै शो चन्नाईमा रद्द भएको छ । के प्रडक्सन( तामिलमा बाहुबलीको वितरक) तथा प्रोड्युसरबीच पैसाका विषयमा सहमति नबेका कारण सवै शो क्यान्सिल भएका थिए ।
प्रहरी अधिकारीले चेन्नाइका सिनेमाहलमा बाहुबली २ नचलेपछि फिल्म हेर्न पुगेका मानिसहरु सडकमा उत्रिएका थिए । सिनेमाघरको बाहिर मानिहरुको ठूलो भीड जम्मा भएको छ र उनीहरुले बबाल मच्चाएका छन् । जसलाई नियन्त्रणमा लिन प्रहरीले लाठ्ठी चार्ज गरेको छ ।
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन