काठमाडौं: स्थानीय तहका उम्मेद्वार छनोट गर्ने विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय निर्वाचन परिचालन कमिटीबाटै राजिनामा दिने चेतावनी दिएपछि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई उम्मेदवार छनोट समितिबाट हटाइएको छ ।
चार जना पत्रकार समेत भएको ठाउँमा बरिष्ठ नेता पौडेलले मुख्य सचिव पौडेललाई तुरुन्त परिपत्र फेर्न निर्देशन दिँदै झपारेपछि पत्रकारहरु बाहिरिए । मुख्य सचिव पौडेलले सभापतिको निर्देशनमा परिपत्र गरिएको भन्दै आफूले फेर्न नसक्ने बताएपछि नेता रामचन्द्रले उसोभए निर्वाचन परिचालन समितिबाट राजिनामा दिने बताए ।
तत्कालै सभापति देउवालाई फोन लगाउन आदेश दिँदै पौडेल आक्रोशमा आएपछि दोहोरो भनाभनसमेत भएको प्रत्यक्षदर्शीले बताए ।देउवासँग फोन लाग्नासाथ उनले आफ्नो आक्रोश रोक्न सकेनन् । सभापति र बरिष्ठ नेताबीच ‘तँ तँ,म म’को शैलीमा भनाभन भएपछि मुख्य सचिव पौडेल हडबडाउँदै उभिएका थिए ।
पौडेलले देउवासँगको भनाभनपछि देउवानिकट अरु केही नेताहरुलाई समेत फोन गरे । त्यहाँ पौडेललाई नेविसंघका अध्यक्ष नैनसिंह महरले सान्त्वना दिनुपर्ने अवस्था आएको थियो । उनले महरसँग पनि देउवाले एकलौटी टिकट बाँड्न लागेको बताएका थिए ।
देउवाको जालमा परेको भन्दै पौडेलले महामन्त्री शशांक कोइरालालाई समेत गाली गरेको पौडेल निकट स्रोतले जनाएको छ । देउवा निकट एक केन्द्रीय सदस्यले भने-कांग्रेस आफ्नो लोकतान्त्रिक अभ्यासको निर्णयबाट पछाडि फर्कदा उम्मेदवार छान्ने संकट बढेको छ । अब ७४४ गाउँपालिका नगरपालिकाका अधिकांश उम्मेदवारको नाम केन्द्रमा आउने छ ।
सहमतिका आधारमा स्थानीय तह हुँदै जिल्ला कार्यसमितिले टुङ्याउन नसके कम्तिमा तीनजनाको नाम केन्द्रमा पठाउने पहिलेको परिपत्र थियो । त्यो तीनजनाको सूची बनाउन धेरै जिल्ला असफल भएका छन् । भरतपुर महानगरपालिकामा ३४ जनाको दावी नै केन्द्रमा पठाइएको छ । यो अवस्थामा उम्मेदवारी दर्ता हुने दिनसम्म कांग्रेसले उम्मेदवार तय गर्ने अवस्था छैन ।
काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचन पपुलिस्ट तथा फासीवादी
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
२०८३ कात्तिक ३०,काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध