बैशाख १५, काठमाडौं – संविधान संशोधनलगायतका विषयमा सहमति खोज्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । वैठकमा संसदमा प्रतिनीधित्व गर्ने दलका नेताहरु सहभागी हुनेछन् । वैठक दिउँसो तीन बजे बालुवाटारमा बस्नेछ ।
संविधान संसोधन प्रस्ताव फास्ट ट्रयाकबाट पारित गराउने सरकारी तयारी भैरहदा प्रधानमन्त्रीले आमसहमति खोज्नका लागि सर्वदलीय वैठक बोलाएका हुन् । यद्यपी विपक्षी एमालेसहितको गठबन्धनले भने अहिलेसम्म संसोधन प्रस्तावलाई स्वीकार गरेको छैन् । यसको विपक्षीमा उभिएको छ । सर्वदलीय वैठकपछि सरकार निर्णायक रुपमा अगाडि बढ्न सक्ने सत्तारुढ दलका नेताहरुको भनाई छ ।
प्रधानमन्त्रीको निजि सचिवालय स्रोतका अनुसार दुई चरणमा हुने चुनावको सुनिश्चताका लागि संसोधन प्रस्ताव पारित गराउन प्रधानमन्त्रीले वैठकमा आग्रह गर्नेछन् । संविधान संसोधन र निर्वाचनलगायतका विषयले देशको राजनीति पेचिलो बनेको छ ।
संसोधन र चुनाववारे सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन प्रधानमन्त्रीले वैठक आव्हान गरेको बताइएको छ ।
तानातानमा सांसद
सरकारले आफ्नो प्रस्ताव पारित गराउन विपक्षीसहितको समर्थन खोजेको । तर, विपक्षी एमालेले समर्थन नदिएपनि दुई तिहाई जुटाएर पारित गराउने सरकारको गृहकार्य छ । यसका लागि साना दलमाथि सरकारले नजर रााखिरहेको सत्तारुढ दलका एक नेताले बताए । उता विपक्षी एमाले चाहीँ जसरी पनि एक तिहाई संसद विपक्षी गठबन्धनमा राखेर सरकारी प्रस्ताव तुहाईदिने रणनीति बनाएको छ । यस्तो अबस्थामा साना दलका सांसद तानातानमा पर्ने सम्भावना छ ।
हाल संसदमा ५९३ संसद सदस्य छन् । सरकारलाई संसोधन प्रस्ताव पारित गराउनका लागि ३९६ मतको खाँचो पर्दछ । सत्ता गठबन्धनले संविधान संसोधनको पक्षमा ३९८ मत जुटेको दावी गरेको छ । उता विपक्षी एमालेसहितका पार्टीले आफुहरुसँग एक तिहाई मत सुरक्षित रहेको दावी गरेका छन् ।
अहिले सत्तापक्षले आफुसँग काँग्रेसका २०७, माओवादीका ८१, राप्रपाका ३७, राजपा नेपालका २५, लोकतान्त्रिक फोरमका १६, संघीय समाजवादीका १५, नेकपा संयुक्तका ३ र अन्य दलबाट १४ गरी ३९८ सांसद रहेको दावी गरेको छ ।
हाल विपक्षीको खेमामा एमालेका १८१, माले ५, नमकिपा ४, बहुजन पार्टी १, नेपा पार्टी १ सांसदमा छन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन