राजपाको वैशाख १८ गतेसम्म डेडलाइन

Madhesi-party-united-7काठमाडौं, वैशाख १३– आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध राष्ट्रिय जनता पार्टी नेपालले वैशाख १८ गतेसम्ममा सविधान संशोधन नभए चुनावमा भाग नलिने निर्णय गरेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलको बुधबार बसेको बैठकले सरकारसँग सहमति भइसक्दा पनि संशोधन विधेयक अगाडि बढाउनमा आनाकानी भइरहेको भन्दै वैशाख १८ गतेभित्र सवविधान संशोधन विधेयक पास नभए चुनावमा भाग नलिने निर्णय गरेको सो दलका नेता केशव झाले जानकारी दिए । त्यसैसँगै केही दिनअघि ६ मधेसवादी दल मिलेर बनेको राजपा नेपालले दस्तखत पनि बुझाएको छैन ।

आयोगले दस्तखत बुझाउन तोकेको दुई दिनको समयसीमा भित्र सो पार्टीले दस्ताखत नबुझाएपछि निर्वाचनमा उम्मेदवारी दिन नपाउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए ।

वैशाख ११ गते संसदमा संशोधन विधेयक पेस भएपनि दुई दिनदेखि एमालेले संसद अवरोध गर्दै आएका छन् । यसरी समय गुज्रिदै गएपछि तोकिएको समयमा सविधान संशोधन हुने सम्भावना पनि कम देखिएको छ ।

सविधान संशोधन गर्नमा सरकार सहमत भएपछि मधेशी मोर्चा चुनावका लागि तयार भएको थियो । तर सविधान संशोधन र स्थानीय तहमा थप्न लागेको संख्याको विरोध गर्दै एमालेले संसद अवरोध गर्न थालेको छ ।

दलहरुकाबीचमा दुई चरणमा चुनाव गर्ने सहमति भएपछि आन्दोलनरत पक्ष दलका लागि दस्तखत बुझाउन वैशाख १२ र १३ गते गरी दुई दिन सयम दिएको थियो । तर, बुधबार कार्यालयको समयसम्म ती दलहरुले दस्ताखत बुझाएनन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले भने तोकिएको अघिल्लो मितिमै दस्तखत बुझाएको थियो ।

प्रदेश नं. ३, ४ र ६ मा बैशाख ३१ गते तथा प्रदेश नं. १, २, ५ र ७ मा जेठ ३१ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारले निर्णय गरेपछि दस्तखत बुझाउन दुई दिनको म्याद थपिएको थियो ।

स्थानीय तहको निर्वाचनमा भाग लिन जिल्लागत विवरण पेश गरी दलको तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएका दलहरुको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूना आयोगमा पेश गर्न छुट भएका राजनीतिक दलहरुका लागि १२ र १३ गतेसम्म समयसीमा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको