दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ गते, पहिलो चरणमा तीन प्रदेशमा मात्र मतदान

local-election-in-nepal_2074-768x513१० बैशाख, काठमाडौं । सरकारले चार वटा प्रदेशमा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरेको छ । दोस्रो चरणको चुनाव जेठ ३१ गते हुनेछ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति तय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए ।

अब प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते चुनाव हुनेछ । प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।

बैठकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी निर्वाचनमा सहभागी हुुन पनि मधेसी मोर्चालाई आग्रह गरेको छ । आन्दोलनरत मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन दोस्रो चरणमा पनि निर्वाचन गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

साथै पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताको मिति केही दिन पर सार्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

बौशाख ३१ को चुनावका लागि निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्बजनिक गरेको छ, जस अनुसार उम्मेदवारी दर्ता १६ गते तोकिएको छ ।

स्रोतका अनुसार बैशाख १९ गते तोकिनेछ ।

स्थानीय तहको संख्या बढ्ने

सरकारले प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या पनि बढाउने भएको छ । यसका लागि उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

चार सदस्यीय कार्यदललाई ३/४ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ । र, कार्यदलको प्रतिवेदनका आधारमा स्थानीय तहको संख्या बढाइनेछ ।

संविधान संशोधनपछि आयोग गठन

मन्त्रिपरिषद् बैठकले मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधन विधेयकमा परिर्माजन गर्ने निर्णय गरेको छ । सरकार र माधेसी मोर्चाबीच फास्ट ट्राकबाट संविधान संशोधन विधेयक पास गर्ने सहमति भएको छ ।

संशोधन विधेयक पास भएपछि सीमांकन हेरफेरबारे सिफारिस गर्न उच्चस्तरीय संघीय आयोग गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन