अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले गरेको निर्णयलाई दिन्छन् । सन् २००० पश्चात उनका दिनहरु निकै कष्ठकर चलेका थिए । उनी यति ऋणमा डुबेका थिए कि उनी जस्तो फिल्म पाए नी खेल्न तयार रहेका थिए । तर, उनको भाग्य एक्सासी स्टार प्लसको सो ‘कौन बनेगा करोडपति’ कार्यक्रम पश्चात चम्कियो । आउनुहोस् हेरौ महानायक अमिताभ बच्चनका ठुला गल्तीहरु
राजनीति
सन् १९८४ मा उनले राजनीतिमा कदम राखे । तर, राजनीतिमा छिरेको केही समय नहुँदै उनलाई किनारा लगाइयो । उनले एक अन्तर्वार्तामा भनेका थिए,‘भावनाको सम्बन्ध गाँसेर राजनीति गर्छु भन्ने सोचेको थिए तर राजनीतिको असली यथार्थ अर्कै रहेछ ।’
ए.बी.सी एल.
अभिनय क्षेत्रमा फ्लप भएपछि उनी फिल्म निर्माण क्षेत्रमा हात हाले । उनले ए.बी.सी एल कम्पनी खोल्दै फिल्म निर्माण गर्ने काम गरे । तर, फिल्म जति सबै फ्लप भए । फ्लप फिल्महरुको संख्या धेरै हुँदै थिए भने अर्कोतर्फ उनलाई ऋणको भारीले थिच्न थालेको थियो । अवस्था यस्तो सम्म आयो कि उनी विभिन्न फिल्म निर्माताहरुसँग आफुलाई फिल्ममा लिन भन्दै आग्रह गर्न थालेका थिए । यस चोपडाको फिल्म ‘मोहोबते’ र टीबी सो कौन बनेगा करोडपतिले उनलाई बलिउडमा टिकाउन ठुलो मदत गर्यो ।
मिडियासँग लडाइ गर्न उनी कहिल्यै पछि परेनन्
सन् १९७५ मा अमिताभ बच्चनको मिडियासँग ठुलो लडाइ परेको थियो । यो लडाई करिब १५ वर्षसम्म चल्यो । फिल्म म्यागाजिन ‘स्टारडस्ट’ ले अमिताभलाई लिएर विभिन्न आर्टिकल छापेको थियो । जसका कारण उनी मिडियासँग निकै रिसाएका थिए । अमिताभले म्यागाजिन बन्द समेत गराउने प्रयास गरेका थिए । यसका कारण धेरै मिडिया उनीसँग रिसाएका थिए । त्यसपश्चात उनलाई मिडियाले कभर गर्न नै छोडिदिए ।
राजनीतिमा लागे तर राजनीति नै बुझेनन्
सबैलाई थाहा भएकै कुरा हो अमिताभ बच्चन र भारतीय राजनीतिको कुनै समय गहिरो सम्बन्ध रहेको थियो । तर, राजनीतिमा लागे पनि उनले राजनीति बुझ्न भने सकेनन् । यसका कारण पनि उनको करिअर राजनीतिमा जम्न सकेन । उता फिल्मी करिअर पनि धरापमा परिसकेको थियो । समाजवादी पार्टीमा लागेका उनलाई अमर सिंहको सम्बन्धले राजनीतिबाट पर पुर्याइदियो । अब भने उनी राजनीति देखि धेरै पर रहेका छन् ।
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको