पाकिस्तानमा बस्ने पत्रकार तथा लेखक सबा इम्तियाजद्वारा लिखित उपन्यास ‘कराँचीः यू आर किलिङ मी’ मा आधारित फिल्म हो नूर । सनहिल सिप्पीद्वारा निर्देशित यस फिल्ममा सोनाक्षी सिन्हा, कनन गिल, मनीष चौधरी लगायतका कलाकारको अभिनय छ ।

यो कथा आफ्नै धुनमा मस्न रहने पत्रकार नूर राय चौधरी (सोनाक्षी) को हो, जो मुम्बईमा बज च्लानलका लागि न्यूज रिपोर्टिङ गर्छिन् । नूरको चाख यथार्थतामा आधारित समाचारमा छ तर उनका बोस (मनीष) को आदेशमा उनले बलिउडका खबरहरु बढि कभर गर्नुपर्छ ।
कथामा मोड त्यतिबेला आउँछ जब नूूरले एउटा ठूलो ठगी कान्डको रिपोर्टिङ गर्छिन् तर उनको यो स्टोरी चोरी गरेर कसैले आफ्नो नाममा बजाउँछ । त्यसपछि कथाको अन्त कसरी हुन्छ त्यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्छ ।
फिल्मको निर्देशन, लोकेसन र क्यामरा वर्क गजब छ । तर फिल्मको कथा एकदमै फितलो लाग्छ । यसलाई रोचक ढंगले प्रस्तुत गर्न नसक्दा दर्शकहरुले बोर मान्नेछन् र कहिले फिल्म सकिएला भनेर प्रतिक्षा गर्छन् । फिल्मको क्लाइमेक्स त झनै बकवास छ ।
सोनाक्षी सिन्हाले राम्रो अभिनय गरेकी छिन् । अन्य कलाकारहरुको पनि अभिनय राम्रो छ । तर, फिल्मको कथा नै झुर भएपछि अभिनयले मात्रै के गर्नु । फिल्मको संगीत र संवाद पक्ष भने बलियो छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको