
अंग्रेजी सिरियल ‘क्वान्टिको-२’ मा ब्यस्त बलिउड नायिका प्रियंका चोपडाले यही वर्ष बलिउड चलचित्रमा काम गर्ने भएकी छिन् । अनिरुधा राय चौधरीसँग काम गर्ने सम्झौता गरेकी प्रियंका अब एउटा सस्पेन्स चलचित्रमा नायिकाको रुपमा देखिने भएकी छिन् ।
आउँदो जुनदेखि सुटिङ सुरु हुने यो चलचित्र सन् २०१८ मा प्रदर्शन हुने भएको छ । केहि भारतीय मिडियाले उल्लेख गरे अनुसार अघिल्लो हप्ता मात्रै उनले अनिरुधासँग सम्झौता गरेकी थिइन् । यस चलचित्रको सुटिङ गोवा, कोलकत्ता लगायत भारतको विभिन्न शहरमा हुने भएको छ ।
‘क्वान्टिको’ मा काम गरेपछि हलिउड चलचित्र ‘बेवाच’मा मुख्य भुमिका निर्वाह गरेकी प्रियंका बलिउडमा एक्लो प्रयाशमा यो स्थानमा आउन सफल नायिकाको रुपमा चिनिन्छिन् । बलिउडमा अहिलेसम्म उनको गडफादर कोहि पनि छैनन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको