किन दियो कमल थापालाई निर्वाचन आयोगले चेतावनी ?

kamal-thapa-cow-768x482

 

काठमाडौं, वैशाख ६ – निर्वाचन आयोगले सत्तारुढ दल तथा राप्रपा तथा सरकारकै उपप्रधानमन्त्री समेत रहेका कमल थापाको पार्टीले आयोगविरुद्ध गरेका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगले गरेको कार्य सम्पादनलाई लिएर सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका सो दलका नेताबाट व्यक्त भएका अभिव्यक्ति र सञ्चार माध्यमबाट प्रकाशित भएका विचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले आयोगको निर्णय जलाएकोप्रति मर्माहत भएको समेत जनाएको छ ।

आयोगले विज्ञप्तिमा भनेको छ –‘नेपालको संविधानले व्यवस्था गरेअनुसार निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व स्वतन्त्ररूपमा निर्वाह गरिरहेको छ र आयोग २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटेको व्यहोरा सबैमा विदितै छ ।’

त्यस्तै नेपालको संविधान र कानून अनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानून अनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दै भविष्यमा यस्ता गतिविधिहरू दोहरिन नदिन आयोगले ध्यानाकर्षण गराएको आयोग प्रवक्त सुर्य प्रसाद शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले निर्वाचन आयोगले आफ्नो विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाएको विरोधमा मंगलबारमात्रै देशभर आयोगको निर्णयको प्रतिलिपि जलाएको थियो भने बैशाख आठ गते निर्वाचन आयोगको केन्द्रीय कार्यलयसहित ७२ वटै जिल्ला निर्वाचन कार्यलय घेराउ गर्ने जनाएको छ ।

Golden Oak
Subusu inner banner

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा