५ बैशाख, दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
भिठ्ठीबेसीबाट सदरमुकाम दुनै आउँदै गरेको भे १ च १२५१ नम्बरको जीप मंगलबार दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा जीप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने अन्दाजी २५ वर्षीय बुद्धसिंह कठायत, डोल्पाको ठूलोभेरी नगरपालिका-९ का अन्दाजी १६ वर्षीय लोकेन्द्र शाही, ठूलोभेरी नगरपालिका-७ की सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका-४ का ६० वर्षीय धर्मलाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला सदरमुकाम दुनैमा उपचार भइरहेको छ ।
उकालो बाटोबाट इन्जिन फेल भएर जीप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन