मधेसी मोर्चाले आन्दोलनको घोषणा गर्यो, चुनाब हुन सक्दैन:गृहमन्त्री

Rss_Images_1490449291786_SS_Kanchanpur_040216_4-e1490448911779काठमाडौं, बैशाख ४– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तोकिएको मिति बैशाख ३१ मा स्थानीय तहको चुनाव गर्न समस्या रहेको बताएका छन् । उनले मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमार्फत स्थानीय तहको चुनावको लागि पर्याप्त सुरक्षा प्रवन्ध हुन नसकेको भन्दै यसबारेमा दलहरुबीच पर्याप्त छलफल हुनु जरुरी रहेको बताका छन् ।

‘चुनावको लागि सुरक्षाप्रवन्ध पर्याप्त छैन, चुनाव सफल पार्नको दलहरुबीचको सम्वादमार्फत राजनीतिक समस्याको समाधान खोजिनुपर्छ’, उनले ट्वीटरमा भनेका छन् ।निर्वाचन आयोगले चुनावको ८० प्रतिशत तयारी भइसकेको समेत बताइसकेको अवस्थामा उनले निर्वाचन आयोगले गरेको चुनावी तयारीबारे समेत प्रश्न उठाएका छन् ।

मधेसमा आन्दोलनरत स मधेसी मोर्चाले आइतबारमात्रै चुनाव बहिस्कार गर्दै आन्दोलन विथोल्ने घोषणा गरिसकेको अवस्थामा गृहमन्त्रीबाट यस्ता धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एकाएक फेरियो निधिको बोली
आइतबारसम्म कुनैपनि हालतमा निर्वाचन गरिनुपर्ने भन्दै मधेसी मोर्चातर्फ लक्षित गर्दै निधिले चुनाव बिथोल्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको केहि घण्टामै निधिको एकाएक बोली फेरिएको हो ।

आइतबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री निधिले स्थानीय तहको निर्वाचन बिथोल्न खोज्नेमाथि कडा कार्वाही गर्ने चेतावनी मात्रै दिएका थिएनन् निर्वाचन सफल बनाउन सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि स्पष्ट पारेका थिए ।

उनले निर्वाचन विथोल्न नदिन सरकारले सामान्य, संवदनशील र अति संवेदनशील गरेर तीन तहको सुरक्षा योजना बनाएको पनि गराएका थिए भने बूथ, निर्वाचन स्थल, मतदान केन्द्र र मतदान केन्द्रबाहिर समेत सुरक्षाको उचित व्यवस्था हुने गरी सुरक्षा योजना बनाइएको समेत समितिलाई जानकारी गराएका थिए ।

यस्तो छ चुनावी सुरक्षा व्यवस्था
गृह मन्त्रालयले निर्वाचनका लागि करिव २ लाख ३१ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने गृहको तयारी छ । यस्तै निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालित हुनेछन् । त्यसका लागि अहिले उनीहरुलाई तालिम दिने काम चलिरहेको छ ।

यसैबीच गृह मन्त्रालयले निर्वाचनको सुरक्षाका लागि ७ वटै प्रदेशमा क्षेत्रीय सुरक्षा गोष्ठी कार्यक्रम पनि संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन