भोली सोमबार र आगामी शुक्रबार सार्वजनिक विदा

bida

राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भारत भ्रमणमा जान लागेकोमा उनि त्यसतर्फ प्रस्थान गर्ने र फिर्ता हुने दिनका लागि सार्वजनिक विदा दिने सरकारले तयारी गरेको छ ।

सोही अनुसार भोली सोमबार र आगामी शुक्रबार सार्वजनिक विदा दिने तयारी गरेको स्रोतले बतायो । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको हैसियतमा पहिलो विदेश भ्रमणको लागि भोली सोमबार छिमेकी राष्ट्र भारत प्रस्थान गर्ने र शुक्रबार फर्किने कार्यक्रम रहेको छ ।

विदाको बारेमा आधिकारीक निर्णय आज साँझ सम्ममा सरकारले लिने बुझिएको छ ।

आज अपराहन्न ४ बजेपछि बस्ने मन्त्रीपरिषद्को बैठकमा विदा सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले पेश गर्ने तयारी गरेको छ । मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषद्ले पारित गर्ने संभावना रहेको मन्त्रालय श्रोतले जनाएको छ ।

सरकारले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएको दिन विदा दिदाँ चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन