काठमाडौ ३० चैत्र,नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्तालाई बिभिन्न किसिमका सेवामा सहुलियत प्रदान गरेको छ । कम्पनीले नयाँ वर्षको प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याएको छ । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्तालाई एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत एवं पाँच सय र हजारको कार्डको रिचार्जमा १५ प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।
यसको भ्यालिडिटि तीन दिनको हुने कम्पनीले जनाएको छ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ । डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत्र ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ ।
यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ कम्पनीले जनाएको छ । अल
टाइम डाटा प्याकेज सेवा लिनका लागि ‘डाटा’ टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।
नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न ‘नाईट’ टाइप गरी आफूलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र