अमिताभले मागे माफी

Amitabh-Bachchan

मुम्बई । बलिउड सुपरस्टार अमिताभ बच्चन प्राय: आइतबार आफ्नो घरमा प्रशंसकहरुसँग भेट्ने गर्छन् । तर यसपटक भने स्वास्थ्य अवस्था ठीक नभएका कारण उनले भेटलाई स्थगित गर्नुपर्‍यो ।

उनले केही वर्षयता फ्यानसँग भेटघाट गर्दै आएका छन् । उनले आफ्नो ट्विटर ह्याण्डलबाट ९ अप्रिलमा लेखेका छन्, ‘माफी…तपाईहरु सबै भेला हुनुभयो तर मसँग भेट हुन सकेन…अस्वस्थ छु । छिट्टै भेट्नेछौं । तपाईहरुलाई धेरै माया ।’ ७४ वर्षीय अभिनेताले आफ्नो ब्लग पनि अपडेट गरेका थिए ।

अमिताभ पछिल्लो हप्ता ज्वरोका कारण एक किताबको विमोचनमा समेत सहभागी हुन सकेका थिएनन् । उनको पेटमा संक्रमण, गर्दन र काँध दुखेकोले यसपटक भने आफ्ना प्रशंसकहरुसँग मिल्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको