समस्यामा छिन् अनुष्का

anushka-768x596

एउटा बाकसले बलिउड अभिनेत्री अनुष्का शर्मालाई समस्यामा पारेको छ । उनका छिमेकीहरुको आरोप छ कि अनुष्काले उक्त बाकसमार्फत अरुको ज्यानलाई खतरामा पारिरहेकी छिन् । आखिर के छ त्यो बाकसमा ?

मुम्बई बर्सोवा क्षेत्रको बद्रीनाथ टावरको २० औं तल्लामा अनुष्काको फ्ल्याट छ, जहाँ उनी आफ्नो परिवारसित बस्छिन् । उनले आफ्नो घरका लागि धेरै परिवर्तनहरु गरेकी छिन् । ती परिवर्तनमध्ये पर्छ, उनले आफ्नो फ्ल्याटका लागि अलग्गै बनाएको इलेक्ट्रिक जङ्सन बक्स ।

तर विल्डिङका पूर्व सेक्रेटरी सुनील बत्राले आरोप लगाएका छन् कि अनुष्काले प्यासेजको बाटोमा राखेको इलेक्टि्रक जङ्सन बक्स गलत छ । यसबाट कुनै पनि बेला दुर्घटना हुन सक्ने उनको दावी छ ।

‘हामीले पहिले पनि अनुष्का र उनको स्टाफलाई सम्झाउने कोशिश गरेका हौं तर उनीहरु मानिरहेका छैनन्,’ बत्राले भने । यस विषयमा उनले बि्रहनमुम्बई मुनिसिपल कर्पोरेसन (बीएमसी) लाई गुहारेका छन् । बीएमसीलाई उनले लेखेको पत्रमा सुनीलले अनुष्काले अवैध तरिकाले इलेक्ट्रिक जङ्सन बक्स लगाएको मात्रै नभएर बिल्डिङका थुप्रै नियमहरु तोडेको आरोप लगाइएको छ ।

यस उजुरीपछि बीएमसीले पनि अनुष्कालाई नोटिस पठाएर जवाफ मागेको छ । यद्यपि अनुष्काका प्रवक्ताले कुनै पनि नियमको उल्लंघन नभएको दावी गरेका छन् । इलेक्टि्रक बक्स लगाउँदा आवश्यक अनुमति लिइएको र नियम पुर्‍याइएको उनको भनाई छ । उजुरीकर्ता सुनील बत्राले उल्टै आफूहरुलाई बिनाकारण दुख दिइरहेको आरोपसमेत उनले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन

२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन