
एउटा बाकसले बलिउड अभिनेत्री अनुष्का शर्मालाई समस्यामा पारेको छ । उनका छिमेकीहरुको आरोप छ कि अनुष्काले उक्त बाकसमार्फत अरुको ज्यानलाई खतरामा पारिरहेकी छिन् । आखिर के छ त्यो बाकसमा ?
मुम्बई बर्सोवा क्षेत्रको बद्रीनाथ टावरको २० औं तल्लामा अनुष्काको फ्ल्याट छ, जहाँ उनी आफ्नो परिवारसित बस्छिन् । उनले आफ्नो घरका लागि धेरै परिवर्तनहरु गरेकी छिन् । ती परिवर्तनमध्ये पर्छ, उनले आफ्नो फ्ल्याटका लागि अलग्गै बनाएको इलेक्ट्रिक जङ्सन बक्स ।
तर विल्डिङका पूर्व सेक्रेटरी सुनील बत्राले आरोप लगाएका छन् कि अनुष्काले प्यासेजको बाटोमा राखेको इलेक्टि्रक जङ्सन बक्स गलत छ । यसबाट कुनै पनि बेला दुर्घटना हुन सक्ने उनको दावी छ ।
‘हामीले पहिले पनि अनुष्का र उनको स्टाफलाई सम्झाउने कोशिश गरेका हौं तर उनीहरु मानिरहेका छैनन्,’ बत्राले भने । यस विषयमा उनले बि्रहनमुम्बई मुनिसिपल कर्पोरेसन (बीएमसी) लाई गुहारेका छन् । बीएमसीलाई उनले लेखेको पत्रमा सुनीलले अनुष्काले अवैध तरिकाले इलेक्ट्रिक जङ्सन बक्स लगाएको मात्रै नभएर बिल्डिङका थुप्रै नियमहरु तोडेको आरोप लगाइएको छ ।
यस उजुरीपछि बीएमसीले पनि अनुष्कालाई नोटिस पठाएर जवाफ मागेको छ । यद्यपि अनुष्काका प्रवक्ताले कुनै पनि नियमको उल्लंघन नभएको दावी गरेका छन् । इलेक्टि्रक बक्स लगाउँदा आवश्यक अनुमति लिइएको र नियम पुर्याइएको उनको भनाई छ । उजुरीकर्ता सुनील बत्राले उल्टै आफूहरुलाई बिनाकारण दुख दिइरहेको आरोपसमेत उनले लगाएका छन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको