निर्वाचन भाँड्न एमालेले मधेसमा वितण्डा मच्चायोः देउवा

Congress-2-768x376२८ चैत,तुलसिपुर । नेपाली कांग्रेसको दोस्रो चुनावी सभामा पनि सभापति शेरबहादुर देउवा प्रमुख विपक्षी दल एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामकरुपमा प्रस्तुत भएका छन् ।

प्रदेश नम्बर ५ मा पर्ने दाङको तुलसिपुरमा कांग्रेसले शक्ति प्रर्दशन गर्दै आयोजना गरेको सभामा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले सम्बोधन गरे ।

एमालेप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका देउवाले एमालेले संविधान कार्यान्वयन नचाहेको आरोप लगाए ।

मधेसी मोर्चाले विरोध गर्दा गर्दै पनि एमालेले मेची महाकाली अभियान चलाएर मधेसमा वितण्डा मच्चाएको उनले बताए । ‘मधेसको सन्दर्भमा एमाले जसरी प्रस्तुत भएको छ, त्यो गलत छ, एउटा शक्तिलाई वाइपास गरेर चुनावमा जाँदा पछि द्वन्द्व निम्तिने खतरा हुन्छ, देउवाले भने, ‘मधेसलाई पनि चुनावमा ल्याएर कांग्रेस अगाडि बढ्न चाहन्छ ।’

उनले अघि भने, कांग्रेसका विषयमा नानाथरी भ्रम फैलाएर एमालेले राष्ट्रलाई निकास दिने भन्दा पनि वितण्डा मच्चाउने काम गरेको छ ।’

उनले एमालेले संविधान कार्यान्वयन गर्न नचाहेको त हैन भन्ने प्रश्न गरे । कांग्रेस सभापति देउवाले भने,‘ एमालेका गतिविधि हेर्दा हामीलाई शंका लाग्न थालेको छ, ओलीजीका उखान टुक्का सुन्दा संविधानलाई कार्यान्वयन गर्न नदिएर असफल बनाउन खोजेको भान भइरहेको छ ।’

उनले अत्तरियामा भएको सभामा उखान टुक्काले देश बन्ने भए कलाकारलाई नै पार्टी अध्यक्ष बनाए भयो । ओलीभन्दा राम्रा कलाकार धेरै छन्’ भनेका थिए ।

कांग्रेस सभापति देउवाले संविधान जारी गर्दा देखिएको दलहरुको एकता कार्यान्वयनमा पनि देखिनुपर्ने जोड दिएका छन् । दलहरुको एकताले नै समृद्धि र विकास सम्भव हुने भन्दै उनले स्थानीय तहको निर्वाचनमा जनताले कांग्रेसलाई भारी मतले विजय गराउने विश्वास पनि ब्यक्त गरे ।

केहीले थारु र पहाडी समुदायबीचमा फाटो ल्याउन प्रयास गरेको भन्दै उनले एक–अर्कालाई दोषारोपण गर्नुभन्दा मिलेर बस्नु पर्नेमा जोड दिए ।

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चा चुनावमा आउने विश्वास ब्यक्त गर्दै एमालेलाई संविधान असफल बनाउने खेलमा नलाग्न आग्रह गरे ।

पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पार्टीलाई एकतावद्ध र वलियो वनाएमा निर्वाचनमा वहुमत आउन सक्ने बताउँदै निर्वाचनको तयारीतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

महामन्त्री शशांक कोइरालाले स्थानिय तह अधिकार सम्पन्न रहेको भन्दै सक्षम र सवल ब्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्ने बताए । साथै पार्टीले ल्याउने आधिकारीक उम्मेदवारविरुद्ध जाने जो कोही कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिए ।

कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षतामा भएको आमसभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सिचाइमन्त्री दिपक गिरी लगायतले सम्बोधन गरे । कार्यक्रममा सहभागी हुन प्रदेश नम्बर ५ का १० वटा जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ता दाङको तुलसिपुरमा भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्