
प्रेममा जे पनि जायज छ भनिन्छ । प्रेमकै कारण संसारमा ठूला-ठूला युद्ध भएका छन् पनि भनिन्छ । यहि, युद्ध अहिले बलिउडमा पनि चलिरहेको छ । बलिउडका दुई चर्चित कलाकारको लडाई एक नायिकाका कारण भैरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘आशिकी २’मा काम गरिसकेपछि नायक आदित्य राय कपुर र नायिका श्रद्धा कपुरको प्रेम चर्चा सुरु भएको थियो । यी दुई डेटिङमा रमाएको तस्बिरहरु पनि सार्वजनिक भए ।
तर, जब श्रद्धाले निर्देशक तथा निर्माता फरहान अख्तरसँग ‘रक अन २’मा काम गरिन्, उनको प्रेम चर्चा फरहानसँग भयो । फरहान र श्रद्धाले प्रेम स्विकार नगरेपनि यिनीहरु लिभिङ टूगेदरमा समेत बसेको चर्चा भयो । फेरि, श्रद्धाले नायक आदित्यसँग ‘ओके जानु’मा काम गरिन् ।
यो चलचित्रमा काम गरेपछि श्रद्धा र आदित्य रायको लभ स्टोरी सुरु भएको चर्चा भयो । यी दुइको निकटता फरहानलाई मन परेन । फरहान र आदित्यको यहि कारणले झगडा भएको भारतीय मिडियामा उल्लेख छ । फरहान र आदित्यको झगडा सुरु भएपछि श्रद्धाले यसलाई मिलाउने कोशिश गरेकी थिइन् । श्रद्धासँगको प्रेमका कारण आदित्य र फरहानको सम्बन्धमा दरार आएको चर्चा अहिले बलिउड बजारमा छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको