ऊर्जामन्त्रीको भनाइ : अब चाहेर पनि कसैले लोडसेडिङ फर्काउन सक्दैन

janardan-sharma-malaysia-768x437२७ चैत, मलेसिया । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मलेसियामा रहेका नेपाली तथा मलेसियन ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले लोडसेडिङ हटेर वातारण तयर भएकाले लगानीका लागि नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

नेपालमा अहिले लगानीको राम्रो सम्भावना भएकाले जुनसुकै क्षेत्रमा पनि ढुक्क भएर लगानी गर्न आग्रह गरे । शर्माले भने,’तपाईंहरु लगानी गर्नुस सहयोग गर्न सरकार सधै तयार छ ।’

नेपाली दूतावास मलेसिया र गैर आवायीय नेपाली संघ मलेसिया (एनआरएनए)ले शनिवार क्वालालम्पुरमा आयोजना गरेको ‘नेपालको उर्जा क्षेत्रमा एनआरएन मलेसिया र व्यवसायीहरुको लगानी सम्भावना’ विषयक अन्र्तरक्रियामा बोल्दै मन्त्री शर्माले भने,’नेपालले विकासको गति लिन शुरु गरेको छ, अव कसैले चाहेर पनि लोडसेडिङ फर्काउनन सक्दैन ।’

उनले थपे,’यदि कसैले फेरि लोडसेडिङ गर्न चाह्यो भने जनता आफैं जाग्ने छन र त्यसको प्रतिवाद गर्नेछन ।’ आफू मन्त्री भएपछि नेपाललाई अन्धकारबाट उज्यालोतर्फ अगाडि बढाएको चर्चा गर्दै लगानी वृद्धिमा जोड दिए ।

‘नेपालमा सन् २०४० मा ६६ हजार मेगावाट विजुली चाहिन्छ, नेपालमा अहिले १५ सय मेगावाट मात्र छ, त्यसैले पनि लगानी गर्नुहोस्,’ शर्माले भने ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्यातले नेपालमा लगानी गर्ने राम्रो अवसर भएको र मलेसियामा रहेको नेपाली दुतवासले मलेसियाबाट नै धेरै कुरामा लगानीकर्ताहरुलाई सहयोग गर्ने बताए ।

उनले भने,’लगानीकर्ताहरु दूतावास आउनुहोस हामी तपाईंहरुलाई सहयोग गर्नेछौ ।’ कार्यक्रममा नेपालमा लगानी गर्न चाहने मलेसियनहरुको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्का पोलिटब्यूरो सदस्य एवम् विदेश विभाग सचिव युवराज चौलागाई, एनआरएन मलेसियाका अध्यक्ष विश्व राई, उपाध्यक्ष रमेश तिवारी लगायतकाले नेपालमा लगानी बढाउनुपर्नेमा जोड दिन सवैमा आग्रह गरेका थिए ।

माओवादी केन्द्र निकट अन्तर्राष्ट्रिय विभाग नेपाली जनप्रगतिशील मञ्चको ७औं अधिवेशनकोे लागि शनिवार मन्त्री शर्मासहित वाइसियलका संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा लगायतको टोली मलेसिया आइपुगेको हो । आइतवार हुने अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन