प्रहरीको जालझेल : दुर्घटना गराउने भाञ्जा, पक्राउ परे मामा !

२५ चैत, भैरहवा । गत चैत १७ गते साँझ करिब ४ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ सुनेनापथमा एउटा सवारी दुर्घटना भयो । मंगलापुरबाट पुरानो सडकतर्फ जादै गरेको लु ७ प ७८६४ नम्बरको मोटरसाइकलले एक पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

bhairahawa-1-768x344ट्राफिक प्रहरी दुर्घटनाको स्केच बनाउनतर्फ लाग्यो भने प्रहरी निरीक्षक भट्टराईले प्रत्यक्षदर्शीहरुसँग सोधपुछ गरेर मुचुल्का उठाए । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मंगलापुरमा राख्यो ।दुर्घटनामा सवारी चालक र पैदलयात्रु दुवै घाइते भए र उनीहरुलाई स्थानीय क्रिमिसन अस्पतालमा लगियो । ट्राफिक प्रहरीको टोली र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत भिमलाल भट्टराई तत्कालै दुर्घटनास्थलमा पुगे ।

प्रहरीका अनुसार मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-९ का १६ वर्षिय दुर्गा केसी थिए भने पैदलयात्रु तिलोत्तमा नगरपालिका-७ सुनेनापथका ७५ वषिर्य गुरुप्रसाद आले थिए । आलेको क्रिमिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चालक केसी उपचारत अवस्थामा रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेन । तर घटनाको दुई दिनपछि इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले घटनाको अनुसन्धान नै नगरी वाग्लुङ जिल्ला, देवीस्थान ९ का मिथुन भण्डारीले चलाएको मोटरसाइकलले दुर्घटना गराएको निस्कर्ष निकाल्दै भण्डारी उपर सवारी ज्यानमा मुद्दा चलाउन लगाएका छन् ।

भण्डारी नातामा चालक केसीको मामा पर्छन् । सो मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरिएको डिएसपी मरासिनीले बताए ।

तर ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र -लाइसेन्स) नभएका केसीले हेल्मेट नलगाई ओभरस्पिडमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवललाई बुझाएको स्केच सहितको सडक दुर्घटना प्रतिवेदन अनलाइनखबरले फेला पारेको छ ।

स्रोतका अनुसार घटनालाई थामथुम पार्न पिडक र प्रहरीबीच रकमको लेनदेनका विषयमा छलफल चलिरहेको कारण प्रहरीले चालकलाई दुई दिनसम्म पक्राउ गरेको थिएन ।

प्रहरी स्रोत भन्छ, ‘लाइसेन्स भएको व्यक्तिले चलाएको मोटरसाइकलबाट दुर्घटना भएको पुष्टी गर्नका लागि डिएसपिले भण्डारीउपर मुद्दा चलाउन निर्देशन दिएका हुन् । भान्जालाई जोगाउनका लागि मामा पक्राउ पर्न तयार भए ।’

मरासिनीले दुर्घटनाको मिसिल कमजोर बनाई अदालतबाटै उम्काउने भन्दै पिडक पक्षबाट १० लाख रुपैयाँ लिएको आरोप लागेको छ । स्रोतका अनुसार पीडक र प्रहरीबीचको संयोजन भलवारीका प्रेम थापा नामक व्यक्तिले गरेका थिए ।

तर घटनामा रकमको चलेखेल भएको चर्चा भएपछि प्रहरीले चालक केसीलाई पनि पक्राउ गरी सवारी ज्यानमा मुद्दा चलाएको छ ।

यता इप्रका बुटवलका डिएसपी मरासिनीले सवारी दुर्घटनामा एक जना उपर मुद्दा चलाउने गरिए पनि यस घटनामा दुई जना उपर सवारी ज्यानमा मुद्दा चलाइएको बताए ।

आफूले कतैबाट रकम नलिएको दावी गर्दै उनले पिडित पक्षबाटै भण्डारीको नाम उल्लेख गरी किटानी जाहेरी आएपछि उनीमाथि सवारी ज्यानमा मुद्दा चलाइएको बताए ।

घटनाको अनुसन्धान गर्दै जाँदा दुर्घटना गराउने मोटरसाइकल चालक केसी भएको खुलेपछि उनलाई पनि पक्राउ गरि सवारी ज्यानमा मुद्दा चलाइएको उनको भनाई छ ।  केसी उपर चलाइएको मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरिएको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीले मोटरसाइकल चालक दुर्गा केसीको नाम उल्लेख गरेरै इप्रका बुटवललाई पत्र र स्केचसहित बुझाएको दुर्घटना प्रतिवेदनको विषयमा उनले भने, ‘मिथुन भण्डारीलाई पक्राउ गरेर सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिसकेपछि मात्र हामीलाई ट्राफिक प्रहरीले प्रतिवेदन दिएको हो ।’

तर पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी अवधेश विष्टले दुर्घटना भएको भोलीपल्ट चैत १८ गते नै दुर्घटनाको पत्रसहित स्केच र सडक दुर्घटना प्रतिवेदन इलाका प्रहरी कार्यालय बुटवललाई बुझाइएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी