April 7, 2017

पार्टीको झण्डा बोकेर चुनावमा लाग्ने शिक्षकलाई कारबाही गरीने

बैतडी, चैत २५ – जिल्ला शिक्षा कार्यालय बैतडीले जिल्लामा कार्यरत शिक्षकहरुलाई चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत पार्टीको झण्डा बोकेर चुनावी प्रचारप्रसारमा शिक्षक लागेको पाइएमा कारबाही हुने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनु भयो । शिक्षकहरुले आफ्नो पेशागत मर्यादाभन्दा बाहिर रहेर सभासम्मेलनमा पार्टीको झण्डा बोके आचारसंहिता विपरीत काम गरेमा कारबाही गरीने उहाँले बताउनु भयो ।

पछिल्लो समयमा शिक्षकलगायत सरकारी कर्मचारीहरु पार्टीको प्रचारप्रसारमा बढी केन्द्रीत हुने गरेका छन् । चुनाव नजीकिएसंगै कर्मचारीहरु पार्टीको झण्डा बोक्दै चुनावी प्रचारमा लागेकाले जिल्लामा कार्यरत कर्मचारीलाई प्रचारप्रसारमा नलाग्न जिल्ला शिक्षा कार्यालय बैतडीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन