नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोन !

नोकियाको बहुप्र्रतिक्षित नोकिया नाइन स्मार्टफोनका विषयमा लामो समेयदेखि विभिन्न खाले अनुमानहरु गरिँदै आएका छन् ।यद्यपि कम्पनीले यो नामबाट कुनै स्मार्टफोन ल्याउने बारेमा आधिकारिक रुपमा केही बताएको छैन । अहिले यो अनुमानित स्मार्टफोनका बारेमा अन्य केही जानकारीहरु पनि सार्वज्निक भएका छन् । यदि यी खबर सत्य सावित भएमा नोकिया नाइन बजारमा उपलब्ध अहिलेसम्मका स्मार्टफोनमध्ये सबैभन्दा उत्कृष्ट स्मार्टफोनमध्ये एक हुने पक्का छ ।

रिपोर्ट अनुसार नोकिया नाइनमा स्नापड्रागन ८३५ प्रोसेसर रहनेछ । साथै उक्त स्मार्टफोनमा आइरिस स्क्यानर फिचर पनि रहने बताइएको छ ।

रिपोर्ट अनुसार उक्त स्मार्टफोन एन्ड्रोइड ७.१.२ नगटमा चल्नेछ । यसमा ५.५ इन्चको क्यूएचडी ओएलइडी डिस्प्ले रहनेछ, जसको रिजोलुसन १४४० गुणा २५६० पिक्सेल हुनेछ । यसमा स्नापड्रागन ८३५ प्रोसेर सँगै ६ जिबीको र्याम हुने बताइउको छ ।

नोकिया नाइनमा २२ मेगापिक्सेलको डुअल ब्याक क्यामरा हुने बताइएको छ, जसमा कार्ल जिसको लेन्स रहनेछ । फ्रन्ट क्यामरा नै १२ मेगापिक्सेलको हुनेछ ।

नोकिया नाइनमा ३८०० मिलिएम्पिएर आवरको ब्याट्री हुनेछ, जसले क्विक चार्ज टेक्नोलोजी सपोर्ट गर्नेछ ।

नोकिया नाइनमा आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सरका साथै हालै लञ्च भएको ओ जेड ओ अडियो टेक्नोलोजी पनि हुनसक्नेछ । नोकियाले हालै सार्वज्निक गरेको यो अडियो टेक्नोलोजीबाट थ्री डी अडियोको अनुभव गर्न सकिन्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र