२४ चैत, भोजपुर । भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ ।
वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् ।
चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले ७१ लाख ५१ हजारमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ ।
सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको