विमानस्थलको धावन मार्गमा : चितुवाको साटो स्याल भेटियो

मेट्रो दैनिक २२ चैत, काठमाडौं ।

सोमबार बिहान ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चितुवा देखिएको भनि ठुलै हँगमा मच्चियो । हिजो धावनमार्गमा देखिएको चितुवा केहीबेरमा हराएको भनि चितुवा खोज्न करिव आधा घण्टा धावनमार्ग बन्द समेत गरिएको थियो ।

उक्त चितुवा ड्रेनमा छिरेको छ  निकाल्न पर्यो भनि राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका कर्मचारी, सिकारी, प्रहरीले प्रयास गरेपनि सफल भने हुन सकेनन । ड्रेनवाट निकाल्न नसकेपछि ड्रेनको दुबैतिरको मुख बन्द गरेर राखिएको थियो ।  तर त्यो जन्तु चितुवा हो वा बन विरालो हो यकिन भने हुन सकेको थिएन ।’

विमानस्थल स्रोतको अनुसार ‘दिउँसोको समय जहाजहरुको अत्याधिक चाप हुने भएकोले उक्त जनावरलाई नियन्त्रणमा लिन सकिएन आजै मध्यरातमा हवाई आवा गमन बन्द भएपछि मात्रै नियन्त्रणमा लिने प्रयास गरिने छ भनिएको थियो ।

सोमबार धावनमार्ग नै बन्द गरी चिनुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो ।

तर, विमानस्थलमा चितुवा खोज्दा स्याल भेटिएको छ भन्ने खबर आजको नयाँ पत्रिका दैनिकले समेत छापेको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 वडाध्यक्ष धमलाविरुद्ध जवरजस्ती करणीको जाहेरी दर्ता

 आश्विन ०७, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नंम्बर १० का वडाध्यक्षविरुद्ध जवरजस्ती करणीको जाहेरी

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने

 भदौ१९,काठमाडौँ। नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको

कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनी (मुस्ताङ),  भदौ १८ गते । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत

यस्तो छ आजको मौसम 

१० भाद्र २०८०, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित

ललिता निवास प्रकरणको प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझायो

काठमाडौँ, भदौ  ५ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना