‘देशैभरी लोडसेडिङ अन्त्य हुन्छ, अब नेपालले बिजुली बेच्छ’-कुलमान

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षदेखि पूर्णरुपमा लोडसेडिङ अन्त्य हुने दाबी गरेका छन् । उनले तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्ने बताए ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले अबको दुई तीन बर्षभित्र नेपालमा आफ्नै उत्पादनबाट १२ सय मेगावाट बिजुली थपिने बताए ।

अर्को वर्ष ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी जलबिद्युत आयोजनाले उत्पादन थाल्ने, निजी क्षेत्रका जलबिद्युत आयोजनाहरुबाट समेत २ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने उनले जानकारी दिए । अर्को वर्षदेखि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्थाबाट मुक्त हुँदै निर्यात गर्ने अवस्थामा पुगिने उनको भनाई छ ।

आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए । भारतबाट हुने आयातलाई क्रमश घटाइने भन्दै प्राधिकरण प्रमुख घिसिङले अघि भने, ‘तामाकोशी बनेपछि त वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।’

उनले आउनुअघि नै विजुली बचतमा जाने बताए । घिसिङले अघि भने,’अब लोडसेडिङको चिन्ता छैन । हामीले विजुलीको माग र आपूर्तिलाई ब्यवस्थापन गरेका छौं । अब औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि घटाउँछौं ।’

अहिले सुख्खायाम भएपनि देशैभरी रातीको समयमा लोडसेडिङ नभएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘अहिले औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ भइरहेको छ, अब बिस्तारै त्यसको पनि अन्त्य गर्नेतर्फ प्राधिकरण लागिरहेको छ ’, उनले भने ।

सुख्खायाम सकिन लागेकोले अब भारतबाट अहिले भइरहेको आयत परिमाण पनि घटाउँदा फरक नपर्ने उनले बताए । उनले यतिबेला कालीगण्डकी १ सय ४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत आयोजना पूर्ण रुपमा चलिरहेको बताउँदै उर्जा मन्त्रालयले अघि सारेको नेपालको पानी, जनताको लगानी नारा अन्र्तगत २५ सय मेगावाटको आयोजना अघि बढ्ने बताए ।

घिसिङले लोडसेडिङ न्यूनीकरण गर्ने काममा खटिएका कर्मचारीको सुरक्षा चुनौति निकै संवेदनशील बनेको तथा चुहावटको समस्या पनि त्यत्तिकै देखिएकाले सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोगमा विद्युत् सुरक्षा दिवस केन्द्रीत हुने जानकारी दिए । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ६ महिना अवधिमा भएको चुहावट नियन्त्रणबाट ४ प्रतिशत विद्युत् अर्थात् १ अर्ब २५ करोड रुपैया बचत भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले