स्थानीय तहको चुनाव आउन ३८ दिन बाँकी : के–के भयो, अझै के बाँकी छ ?

काठमाडौं, चैत २३ – सरकारले बैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन आउँन अब ३८ दिनमात्र बाँकी छ । फागुन ९ गतेदेखि नै निर्वाचनका लागि तयारी तीब्र पारेको आयोगले ८० प्रतिशत तयारी पूरा भएको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने– केन्द्रमा गर्नुपर्ने काम लगभग सकिएको छ, अब जिल्ला तथा फिल्डमा गर्नुपर्ने कामहरु धेरै छन् ।

आयोगले मतदाता नामावली तयार गरि परिचयपत्र छाप्न शूरु गरेको छ । चैत २० देखि आयोग परिसरमा नै मतदाता परिचय पत्र छाप्न शुरु गरिएको हो । बिहान, दिँउसो र बेलुका गरी ३ सिफ्टमा गरेर परिचय पत्र बनाउने काम भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।


निर्वाचनका लागि ६७ प्रकारका सामग्री आवश्यक पर्ने आयोगले जनाएको छ । चीनबाट झन्डै १५ करोड रुपैयाँ बराबरको स्टेशनरी सामान आयात गरिँदैछ भने ३० हजार मतपेटिकामध्ये १० हजार थान केरुङ नाकामा आइपुगेको छ । आयोगले बैशाखको दोश्रो साताभित्र जिल्लामा मतपेटिका पु¥याइसक्ने योजना बनाएको छ । स्थानीय तह निर्वाचनका लागि ८० हजार मतपेटिका आवश्यक पर्ने आयोगको आँकलन छ ।

निर्वाचनसँग सम्बन्धित ऐन बनेसँगै निर्देशिका बनाँउने काम अन्तिम चरणमा पुगेको आयोगले बताएको छ । निर्वाचन तथा कसुर ऐन, आयोगको काम कर्तव्य, मतदाता नामावली र गाउँ तथा नगरपालिकाको वडा निर्धारण कानुन बनेसँगै आयोगले निर्देशिका बनाउने कामलाई अन्तिम रुपमा दिन लागेको हो ।


यस्तै आयोगले चैतको पहिलो साताबाटै जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने काम शुरु गरिसकेको छ । आयोगले १ करोड ४० लाख ५४ हजार मतदाताका लागि झन्डै १ करोड ६० लाख मतपत्र प्रकाशन गर्दैछ ।

यस्तै ७ सय ४४ स्थानीय तहमा एकसाथ निर्वाचन गर्नका लागि १ लाख ३३ हजारको हाराहारीमा कर्मचारी परिचालन गरिदैछ । मतदाता शिक्षाका लागि सञ्चार माध्यमका साथै इन्टरनेटको सामाजिक सञ्जालमार्फत अडियो भिडियो चेतनामुलक सामग्री तयार पार्ने काम थालिएको आयोगको भनाई छ । यस्तै पोष्टर पम्पलेट छाप्ने काम पनि जारी रहेको छ । विभिन्न जिल्लामा एफएम रेडियो मार्फत मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाउने आयोगको योजना रहेको छ । आयोगका प्रवक्ता निर्वाचनको तयारी बारे भन्छन्–

अहिलेसम्म के ग¥यो आयोगले

–निर्वाचन कानुन निमार्ण भइसकेपछि नियम निर्देशिकाहरु बनाउने काम अन्तिम चरणमा पुगेको गरेको छ ।

–निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु खरिद प्रक्रिया अघि बढाइएको छ ।

–५० भन्दा बढी जिल्लाका लागि आवश्यक पर्ने मतपत्र प्रकाशन गरिसकेको छ ।


–मतदाता शिक्षाका लागि प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । छिट्टै मतदाता शिक्षणकर्तालाई जिल्ला जिल्लामा तालिम शूरु हुदैछ ।

– मुख्य निर्वाचन अधिकृत तोक्ने काम सम्पन्न गरेर तालिम कार्यक्रम शूरु गरिएको छ ।

– मतपत्र छपाईको काम दु्रत गतिमा अघि बढिरहेको छ ।

–मतदाता नामावलीलाई अन्तिम रुप दिएर मतदाता परिचयपत्र छपाईको काम शूरु गरेको छ । साथै मतदाता नामावली छपाईको काम पनि भइरहेको छ ।

यी हुन् आयोगले गर्न बाँकी काम

–निर्वाचन सामग्री ७५ जिल्लाका २१ हजार मतदान केन्द्रमा पठाउनुपर्नेछ ।

–मतदाता शिक्षा तालिम कार्यकर्ताहरुलाई ७५ जिल्लामा तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

–मतपत्र छपाई सकेर प्याकिङ गरी भनेको समयभित्र सम्बन्धित जिल्लामा पठाउनुपर्ने हुन्छ ।

–जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत अरु कर्मचारीहरु तोक्नुपर्ने छ ।

–चैत महिनाको अन्तिमसम्म चाइनाबाट मतपेटिका तथा स्टेशनरी सामग्री आँउनेछ ।

–समयको चाप छ, मतदाता शिक्षा कार्यक्रमका लागि गाँउ गाँउ जानुपर्ने छ ।

–स्थानीयतहको निर्वाचनमा आदीबासी तथा दलितका लागि आरक्षण गरिएको छ, यसबारे उनीहरुलाई पर्याप्त चेतना दिन आवश्यक छ ।

प्रवक्ता शर्माले आयोगले समयतालिका अनुसार नै काम गरिहेकोले समयमा काम सक्छौ भन्नेमा आयोग विश्वस्त रहेको बताए । यसका लागि राजनीतिक दलको सहयोग आवश्यक रहेको बताउँदै थोरै समयमा मतदातालाई कसरी शिक्षा दिने भन्ने चुनौती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको