वैशाखदेखि देशैभर लोडसेडिङ नहुने

Kulman-Ghising-2-768x460चैत २३, काठमाडौं । दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रुपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ ।

प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे । मंगलबार प्राधिकरणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घन्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरे ।

हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घन्टा विद्युत्त कटौती हुँदै आएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको