वैशाखदेखि देशैभर लोडसेडिङ नहुने

Kulman-Ghising-2-768x460चैत २३, काठमाडौं । दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रुपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ ।

प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे । मंगलबार प्राधिकरणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घन्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरे ।

हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घन्टा विद्युत्त कटौती हुँदै आएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन