सप्तरीको हनुमाननगरमा हात्ती आतंक, दुईको मृत्यु, ५ घाइते

elephant-saptari२२ चैत, सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट मंगबार दुईजनाको मृत्यु भएको छ ।

सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजार छिरेर आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका ३३ बर्षीय झालाई उपचारका लागि धरानको बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको केहि समयमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख, सई भवानी ठाकुरका अनुसार हात्तीले गरेको आक्रमणबाट ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण दास, नविना खातुन, संगीत साह, बसन्त मण्डल र ईर्साद अली रहेका छन् । घाइतेहरुको गजेन्ऽनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

हात्तीले यसरी गर्‍यो आक्रमण

सम्भवतः कुनै पनि बजारमा बिहान १० बजेदेखि चहलपहल बढ्न थाल्छ । हनुमाननगर बजारमा पनि चहलपहल बढ्नै लागेको थियो ।

जिल्लाको दक्षिणी तथा मध्य क्षेत्रको प्रमुख बजार मानिने हनुमाननगरमा चहलपहल बढ्नै लाग्दा हात्तीले प्रवेश गर्‍यो । स्थानीयहरुका अनुसार पूर्वपट्टीबाट छिरेको हात्तीले मान्छे देख्नेबित्तिकै आक्रमण गर्न शुरु गरेको थिए ।

इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख सई ठाकुरले हात्ती बजारको चारैतिर घुम्दै व्यक्तिलाई आक्रमण गरेका छन् । ‘बिहान १० बजेतिर आएको हात्ती एक्कासी व्यक्तिमाथि आक्रमण गर्न थाल्दा भागाभागको स्थिति उत्पन्न भयो’ उनले भने, ‘हात्तीलाई देखेर खुलेका पसलहरु धमाधम बन्द गरियो भने भित्रबाट घर लगाएर स्थानीयहरु सुरक्षित बने ।’

उनका अनुसार त्रासका कारण अहिले पनि हनुमाननगर बजार बन्द छ । हात्तीलाई गाउाले मिलेर धपाइएपनि स्थानीय त्रसित देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको