सप्तरीको हनुमाननगरमा हात्ती आतंक, दुईको मृत्यु, ५ घाइते

elephant-saptari२२ चैत, सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट मंगबार दुईजनाको मृत्यु भएको छ ।

सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजार छिरेर आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका ३३ बर्षीय झालाई उपचारका लागि धरानको बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको केहि समयमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख, सई भवानी ठाकुरका अनुसार हात्तीले गरेको आक्रमणबाट ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण दास, नविना खातुन, संगीत साह, बसन्त मण्डल र ईर्साद अली रहेका छन् । घाइतेहरुको गजेन्ऽनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

हात्तीले यसरी गर्‍यो आक्रमण

सम्भवतः कुनै पनि बजारमा बिहान १० बजेदेखि चहलपहल बढ्न थाल्छ । हनुमाननगर बजारमा पनि चहलपहल बढ्नै लागेको थियो ।

जिल्लाको दक्षिणी तथा मध्य क्षेत्रको प्रमुख बजार मानिने हनुमाननगरमा चहलपहल बढ्नै लाग्दा हात्तीले प्रवेश गर्‍यो । स्थानीयहरुका अनुसार पूर्वपट्टीबाट छिरेको हात्तीले मान्छे देख्नेबित्तिकै आक्रमण गर्न शुरु गरेको थिए ।

इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख सई ठाकुरले हात्ती बजारको चारैतिर घुम्दै व्यक्तिलाई आक्रमण गरेका छन् । ‘बिहान १० बजेतिर आएको हात्ती एक्कासी व्यक्तिमाथि आक्रमण गर्न थाल्दा भागाभागको स्थिति उत्पन्न भयो’ उनले भने, ‘हात्तीलाई देखेर खुलेका पसलहरु धमाधम बन्द गरियो भने भित्रबाट घर लगाएर स्थानीयहरु सुरक्षित बने ।’

उनका अनुसार त्रासका कारण अहिले पनि हनुमाननगर बजार बन्द छ । हात्तीलाई गाउाले मिलेर धपाइएपनि स्थानीय त्रसित देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन