संखुवासभास् दशकपछि आइतबार साँझ संखुवासभाको पाँचखपन गाउँपालिकामा ७ सय ग्रामको असिना परेको छ।
असिनाले घरमा छाएको जस्तापाता समेत प्वाल पारेको स्थानीय पेमाछिरी शेर्पाले बताए। एक दशक अघि पाँच सय ग्रामको असिना परेको थियो। त्यस पछि आइतबार साँझ ७ सय ग्रामको असिना झरेको उनले बताए।
असिनाले एक दर्जन बढी चौपाय मरेको स्थानीय शेर्पाले बताए। आलु, मकै र गहुँ पुरै काम नलाग्ने गरी क्षति पुर्याएको बताए। तेर्से, भालुखोप, ताल, स्वाची लगायतका क्षेत्रमा असिना परेको उनले बताए।
यता संखुवासभाकै खाँदबारी, मकालु आसपासका क्षेत्रमा पनि असिना झरेको थियो। एप्रील १ देखि ३ सम्म पहाडी तथा हिमाली क्षेत्रमा असिना पर्न सक्ने अनुमान मौषम बिज्ञान विभागले गरेको थियो।
यता हिमाली मौसमविद केवि मानन्धरले सन् २००१ मे ३ का दिन पर्साको थोरीमा एक किलोग्रामको असिना परेको बताए। असिना कुटेर एक मानिस, ५ सय चौपाय मरेको मरेको थियो भने सयौ घाइते भएको मानान्धरले बताए। असिनाले १५ बढी गाउँका पाँच सय घरको जस्तामा प्वाल परेको बतायो।
स्प्रीङ मनसुन भएकाले असिना आउने सक्ने मौसमविदहरुको भनाई छ। शुरुमा पानीको थोप्ला हुने हावाले तलमाथि गर्दा हिउँका कण बन्ने गर्छ ठुलो भए पछि भार थाम्न नसकेर असिना भुईमा झर्ने गरेको हिमाली मौसमविद मानान्धरले बताए।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन