२१ चैत, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा पहाडको ढिस्को खस्दा केही सवारी साधन पुरिएका छन् । ४ सवारी साधन पुरिएको बताइए पनि यसको औपचारिक पुष्टि हुन सकेको छैन ।
पुरिएका सवारी साधनमध्ये यात्रुबाहक कार र एक्साभेटरको भने पहिचान खुलेको छ ।
अन्य के के सवारी साधन पुरिएका हुन् भनेर पत्ता नलागे पनि घटनामा ठूलो मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।ढिस्को सडक निर्माण गर्ने क्रममा खसेको बताइएको छ ।
घटनालगत्तै उद्दारका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध छ ।
केही समयदेखि सडक मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ । सडक चौडा पार्न निर्माण कार्य तीव्र पारिए पनि सकिएको छैन ।
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष