भैरहवा-बुटवल सडकमा १० आधुनिक आकाशे पुल बन्दै

6-lane-sadak-ko-aakashe-pool_bhairawa-768x367२१ चैत, भैरहवा । नमूना बेलहिया-भैरहवा-बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने भएको छ । निर्माणधीन अवस्थामा रहेको सडकखण्डमा आकाशे पुल निर्माण लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको र एक दुई दिनमै निर्माण कार्य सुरु हुने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जीनियर लिलाबहादुर भण्डारीले जानकारी दिए ।

बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण Bhairahawa-6-Lane-Sadak-3-1-768x409गर्नका लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको छ  । इन्जीनियर भण्डारीले भने निर्माण कम्पनीले सोमबार वा मंगलबारदेखि काम सुरु गर्ने छ ।

१२ करोड रुपैयाँ लागतमा निर्माण हुने १० वटा आकाशे पुल सम्झौता मितिले १५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी महादेव खिम्ती एसियाटिक महेश जेभीसँग सम्झौता भएको उनले बताए । आकाशे पुलको बुटवल तर्फबाट निर्माण कार्य सुरु हुनेछ ।उनले भैरहवा क्षेत्रमा ३ वटा र बुटवल क्षेत्रमा ७ वटा गरी बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने बताए ।

भैरहवा क्षेत्रको बुद्ध चोक र बर्मेली टोलको बीचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बिचमा गरी ३ वटा पुल निर्माण हुनेछ । त्यस्तै बुटवल क्षेत्रमा ड्राइभर टोलमा, योगिकुटीमा, होराइजन चोक र कालिका विद्यालयको बीचमा, राजमार्ग चौराहामा, मिलन चोकमा, बसपार्क र आन्तरिक राजश्व कार्यालयको बीचमा, र ट्राफिक चोकमा गरी ७ वटा आकाशे पुल निर्माण हुने आयोजनाका इन्जिनियर भण्डारीले बताए ।

निर्माण हुने आकाशे पुलको उचाइ ५ मिटर, लम्बाई साढे २ मिटर र चाैंडाइ ३० मिटरको हुनेछ । त्यस्तै पुल अपाङ्गमैत्री पनि हुने आयोजनाले जनाएको छ ।

साथै पुलको दुवै तर्फ सोलार बत्ति जडान हुनेछ छ भने यात्रुहरुका लागि सन्देशमूलुक सुचना प्रवाह गर्न लागि डिस्प्ले बोर्ड समेत लगाइने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जीनियर लिलाबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन