२१ चैत, भैरहवा । नमूना बेलहिया-भैरहवा-बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने भएको छ । निर्माणधीन अवस्थामा रहेको सडकखण्डमा आकाशे पुल निर्माण लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको र एक दुई दिनमै निर्माण कार्य सुरु हुने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जीनियर लिलाबहादुर भण्डारीले जानकारी दिए ।
बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण गर्नका लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको छ । इन्जीनियर भण्डारीले भने निर्माण कम्पनीले सोमबार वा मंगलबारदेखि काम सुरु गर्ने छ ।
१२ करोड रुपैयाँ लागतमा निर्माण हुने १० वटा आकाशे पुल सम्झौता मितिले १५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी महादेव खिम्ती एसियाटिक महेश जेभीसँग सम्झौता भएको उनले बताए । आकाशे पुलको बुटवल तर्फबाट निर्माण कार्य सुरु हुनेछ ।उनले भैरहवा क्षेत्रमा ३ वटा र बुटवल क्षेत्रमा ७ वटा गरी बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने बताए ।
भैरहवा क्षेत्रको बुद्ध चोक र बर्मेली टोलको बीचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बिचमा गरी ३ वटा पुल निर्माण हुनेछ । त्यस्तै बुटवल क्षेत्रमा ड्राइभर टोलमा, योगिकुटीमा, होराइजन चोक र कालिका विद्यालयको बीचमा, राजमार्ग चौराहामा, मिलन चोकमा, बसपार्क र आन्तरिक राजश्व कार्यालयको बीचमा, र ट्राफिक चोकमा गरी ७ वटा आकाशे पुल निर्माण हुने आयोजनाका इन्जिनियर भण्डारीले बताए ।
निर्माण हुने आकाशे पुलको उचाइ ५ मिटर, लम्बाई साढे २ मिटर र चाैंडाइ ३० मिटरको हुनेछ । त्यस्तै पुल अपाङ्गमैत्री पनि हुने आयोजनाले जनाएको छ ।
साथै पुलको दुवै तर्फ सोलार बत्ति जडान हुनेछ छ भने यात्रुहरुका लागि सन्देशमूलुक सुचना प्रवाह गर्न लागि डिस्प्ले बोर्ड समेत लगाइने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जीनियर लिलाबहादुर भण्डारीले बताए ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता