बिमा कम्पनीको चुक्ता पुँजी चार गुणा बढ्यो

beema_building-58e1b95978a974.18250707काठमाडौः बिमा समितिले बिमा कम्पनीको पुँजी चार गुणाले बढाएको छ । समितिको नयाँ मापदण्डअनुसार अब जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

अहिले जीवन र नीर्जिवन बिमा कम्पनीको चुक्ता पुँजी क्रमशः ५० करोड र २५ करोड चुक्ता रुपैयाँ थियो । बिमा कम्पनीले नयाँ मापदण्ड अनुसारको पुँजी २०७५ असार मसान्तसम्ममा पुँजी पुर्‍याइसक्नु पर्नेछ । नयाँ बन्दै गरेको बिमा ऐनमा जीवन बिमा कम्पनीका लागि पाँच अर्ब र नीर्जीवन बिमा कम्पनीको लागि चार अर्बको चुक्ता पुँजीको प्रस्ताव गरिएको छ ।

केही बिमा कम्पनीको नयाँ मापदण्डअनुसार जीवन बिमा कम्पनीको पुँजी पुगिसेकेको छ भने केहीको पुर्‍याउन बाँकी छ । निर्जीवन बिमा कम्पनीमा भने सबैले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ । यस्तै समितिले नयाँ बिमा कम्पनी खोल्न चाहने र पुराना जसले कम्पनी सञ्चालनका लागि समितिको सहमती कुरेर बसेका छन् उसका लागि छुट्टै नीति बनाउने तयारी गर्ने भएको छ ।

अयक्ष चापागाईंले भने, ‘ ८र१० वर्ष पहिला कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेकालाई के गर्ने र नयाँ खोल्न चाहनेलाई के गर्ने भन्ने बारेमा नीति बनाउनेछ ।’ बजार अध्ययन गरिसकेपछि त्यसैका आधारमा नयाँ कम्पनीले प्रवेश पाउनेरनपाउने पत्ता लाग्ने उनले बताए । हाल बजारमा २७ वटा बिमा कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन