काठमाडौः बिमा समितिले बिमा कम्पनीको पुँजी चार गुणाले बढाएको छ । समितिको नयाँ मापदण्डअनुसार अब जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।
अहिले जीवन र नीर्जिवन बिमा कम्पनीको चुक्ता पुँजी क्रमशः ५० करोड र २५ करोड चुक्ता रुपैयाँ थियो । बिमा कम्पनीले नयाँ मापदण्ड अनुसारको पुँजी २०७५ असार मसान्तसम्ममा पुँजी पुर्याइसक्नु पर्नेछ । नयाँ बन्दै गरेको बिमा ऐनमा जीवन बिमा कम्पनीका लागि पाँच अर्ब र नीर्जीवन बिमा कम्पनीको लागि चार अर्बको चुक्ता पुँजीको प्रस्ताव गरिएको छ ।
केही बिमा कम्पनीको नयाँ मापदण्डअनुसार जीवन बिमा कम्पनीको पुँजी पुगिसेकेको छ भने केहीको पुर्याउन बाँकी छ । निर्जीवन बिमा कम्पनीमा भने सबैले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ । यस्तै समितिले नयाँ बिमा कम्पनी खोल्न चाहने र पुराना जसले कम्पनी सञ्चालनका लागि समितिको सहमती कुरेर बसेका छन् उसका लागि छुट्टै नीति बनाउने तयारी गर्ने भएको छ ।
अयक्ष चापागाईंले भने, ‘ ८र१० वर्ष पहिला कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेकालाई के गर्ने र नयाँ खोल्न चाहनेलाई के गर्ने भन्ने बारेमा नीति बनाउनेछ ।’ बजार अध्ययन गरिसकेपछि त्यसैका आधारमा नयाँ कम्पनीले प्रवेश पाउनेरनपाउने पत्ता लाग्ने उनले बताए । हाल बजारमा २७ वटा बिमा कम्पनी छन् ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता