चितवनले हुलिदियो नवलपरासीमा बाढी

pokhara_flood-2-768x519२० चैत, नवलपरासी । चितवन जिल्लाले नारायणी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाएपछि नवलपरासीका साविकका दर्जन बढी गाविस बाढीको उच्च जोखिममा परेका छन् ।

चितवन जिल्ला विकास समितिले ठेक्का लगाएका कारण नवलपरासीका नारायणी नदी छेउका यी गाविस बाढीको जोखिममा परेका हुन् ।

ठेकेदारले नदीजन्य पदार्थ निकाल्दा नारायणी नदीको बहाव पश्चिमतर्फ फर्काएपछि नवलपरासीका दर्जन गाविस कटान र डुबानको उच्च जोखिममा छन् ।

नारायणी नदीको बहाव परिवर्तन गराएर नदीजन्य पदार्थ निकालिएपछि स्थानीय अक्रोशित बनेका छन् । नदीको बहाव परिवर्तन भएपछि नदी साविकको स्थानभन्दा पश्चिम नवलपरासीतर्फ हानिएको छ ।

नदी पश्चिमतर्फ हानिएपछि नवलपरासीका साविक गैँडाकोट, पिठौली, रजहर अग्र्यौली, कुमारवर्ती, नारायणी, त्रिवेणी सुस्ता, नरसही, कुडिया, गुठी सूर्यपुरा, मुकुन्दपुर, अमरापुरी, दिब्यपुरी, प्रगतीनगर, कावासोती, कोलुवा, पक्लीहवालगायतका एक दर्जन गाविस डुबान र कटानको उच्च जोखिममा परेका हुन् ।

मनपरि नदीजन्य पदार्थ निकाल्ने ठेकेदार र जिविस चितवनलाई कारबाही गर्नुपर्ने, नदीको बहाव पुरानै स्थानमा लैजान स्थानीय नदी छेउका मानिसले माग गर्दै विभिन्न सरोकारवाला सरकारी कार्यालयमा निवेदन दिइएको स्थानीय गङ्गा पाण्डेले बताए ।

गण्डक नदीको पीडा खेप्दै आएका त्रिवेणी दक्षिणका बासिन्दालाई थप क्षति हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन