महंगियो भारतबाट आउने विजुली

electric-line१९ चैत, काठमाडौं । भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ ।

नेपाल/भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज कमिटीको पछिल्लो बैठक सन् २०११ मा बसेको थियो । त्यसयता भारतीय बेवास्ताकै कारण अहिलेसम्म बसेको छैन ।

पावर एक्सचेन्ज कमिटीले मूल्य पुनरावलोकन नगर्दा विजुली खरिद(बिक्री दर लगातार बढिरहेको छ ।

२०११ को बैठकमा हरेक वर्ष बैठक बस्ने गरी वाषिर्क ५।५ प्रतिशतका दरमा विजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर, त्यसपछि सो समितिको बैठक बसेन र नेपाललले वाषिर्क रुपमा विजुलीको मूल्य बढ्दै गर्दा पनि तिर्न बाध्य भइरह्यो । यो वर्ष पनि सोही नियति दोहोरिएको छ ।

युनिटकै ११ रुपैयाँ नाघ्यो

अब ११ केभीको ट्रान्समिसनबाट आउने भारतीय विजुल महंगिएर प्रतियुनिट ६।९ भारु पुगेको छ । त्यसैगरी ३३ केभी ट्रान्समिसनबाट आउने एक युनिट विजुली अब महंगिएर ६।४२ भारु पर्ने भएको छ ।

१३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५।९२ भारु तिर्नुपर्ने भएको छ । अब ५० मेगावाट बढी भारतीय विजुली ल्याउँदा प्रतियुनिट ५।८५ भारु तिर्नुपर्नेछ ।

हिजोसम्म ११ केभी प्रसारणलाइनबाट प्रतियुनिट ६ रुपैयाँ ५४ पैसा भारु, ३३ केभीमार्फत आउने ६।०८ भारु र १३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५।६२ भारु र ५० मेगावाट बढी ल्याउँदा ५।५५ भारु तिरिरहेको थियो । अब यसमा ५।५ प्रतिशत मूल्य स्वतः बढेको छ ।

११ केभी प्रशारणलाइनबाट भारतबाट आउने बिजुली अब ११।०३ नेपाली रुपैयाँसम्म पर्ने भएको छ । सस्तोको बिजुली पनि न्युनतम् ९ रुपैयाँ ३६ पैसासम्म पर्ने भएको छ ।

यसमा पावर ट्रेड अन्तर्गतको विजुलीको दर समावेश छैन । यो विजुली भने तुलानात्मक रुपमा सस्तो छ ।

भारतको मनोमानी, नेपाललाई मार

पावर एक्स्चेञ्ज कमिटीमार्फत नेपाल आउने सामान्य विद्युत् बजारको मूल्यभन्दा दोब्बर जत्तिकै भइसकेको छ । तर, पनि भारतले यो बैठक बस्न चासो देखाएका छैन ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी यो बैठक बस्न अति जरुरी भएकाले आफ्नोतर्फबाट भारतीय पक्षलाई स्पष्ट रुपमा बैठक राख्न आग्रह गरिएको बताए ।

केही समयभित्रै बैठक बसेर भारतबाट आउने विजुलीको मूल्य पुनरावलोकन हुने दावी पनि गरे ।

२ सय मेगावाट बिजुली महंगिने

नेपालल यो बैठक बसाल्न पटक(पटक पहल गरेपनि भारतीय पक्षले चासो नै दिएको छैन । शनिाबारबाट ११ केभीसम्मका ४ वटा, ५३ केभीसम्म प्रसारणलाइनका ६ वटासहित गण्डक र सुरजपुरा नाकाबाट आउने विजुली महंगो भएको छ ।

झण्डै २ सय मेगावाट विजुलीको मूल्य थप मंहगिएको छ । टनकपुर र ढल्केबर प्रसारणलाइनबाट भने पावर ट्रेडअन्तरगतको विजुली भएकाले त्यो महंगिएको छैन । दुई प्रसारणलाइनबाट १६५ मेगावाट विजुली आइरहेको छ ।

सन् २०११ अघि प्रत्येक वर्ष ८ प्रतिशतले भारतीय विजुली स्वतः वृद्धि हुन्थ्यो । त्यसबेला ५।५ प्रतिशतमा झारिएपनि अहिले त्यो वृद्धिदर पुनरावलोकन गर्नैपर्ने अवस्था छ । बैठक नबस्दा छैंटौं पटक नेपाल आउने विजुली स्वतः महंगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले