आजका दैनिकीहरुमा छापिएका मुख्य समाचारहरु

८ चैत, काठमाडौं । आजका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुले लामो समयदेखि विवादित बन्दै आइरहेको तराई-मधेस जोड्ने बहुचर्चित द्रूत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिन लागेको खबरलाई प्राथमिकता दिएका छन् ।

यसका साथै आजका पत्रिकामा राजधानीका सडकको दुरावस्था, प्रदेश नम्बर २ का ८ जिलालमा चुनाव हुने/नहुने स्थिति, माओवादी केन्द्रको घोषणापत्र लगायतका समाचारलाई स्थान दिएका छन् ।

फास्ट ट्रयाकलाई मुख्य खबर बनाएको आजको कान्तिपुर दैनिकले न्याय सेवाका कर्मचारीलाई निर्वाचन व्यवस्थापनमा परिचालन गर्ने खबरलाई पनि प्राथमिकताका दिएको छ ।

आजको राजधानी दैनिकले माओवादी केन्द्रको चुनावी घोषणापत्र तयार भएको खबरलाई प्रमुख बनाएको छ । त्यस्तै राजधानीले म्यादी प्रहरी भर्नामा दुईगुणा बढी आवेदन परेको समाचारलाई पनि स्थान दिएको छ ।

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीले गरेको आग्रहलाई आजको गोरखापत्र दैनिकले पहिलो पृष्ठमा छापेको छ । पूर्वसूचना नदिई विद्युत्त अवरोध गरे जरिवाना हुने विषय पनि गोरखापत्रको प्राथमिकतामा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन