जनकपुरधाम, १८ चैत । महिला नेत्रीहरूले संविधान संशोधनबिना तराई–मधेसमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब जनकपुरधामद्वारा आज यहाँ आयोजित ‘सडकमा बहस’ कार्यक्रममा उहाँहरूले संविधान संशोधनबिना निर्वाचन गरिए द्वन्द्व उत्पन्न हुने आशङ्का गर्नुभयो । उहाँहरुले मधेसी समुदाय निर्वाचन विरोधी नभएर आफ्नो माग सम्बोधनको आशामा बसेको छ भन्नुभयो ।
नेपाल महिला सङ्घका केन्द्रीय सदस्य नीलम कर्णले मधेसको अवस्था र आवश्यकतालाई ध्यान नदिएमा निर्वाचन हुन सक्ने आधार छैन भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य फूलकुमारी महतोले आफ्नो पार्टी मधेसको समस्या समाधानका लागि क्रियाशील रहेको बताउनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य चमेलीदेवी दासले सीमाङ्कन र संशोधनका अतिरिक्त मधेसमा अन्य विषय गौण रहेको विचार व्यक्त गर्नुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विन्दु ठाकुरले मधेसमा निर्वाचनको वातावरण नभएको बताउँदै निर्वाचनको हठ त्यागेर समस्या समाधानतर्फ सबैको ध्यान जानु जरूरी भएको खाँचो औंल्याउनुभयो ।
तराई–मधेस महिला सङ्घका केन्द्रीय सदस्य रेणु झाले संविधान संशोधनले निर्वाचनको मार्ग खोल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रेणु झा तथा महिला नेत्रीहरु विभा पाण्डे, लक्ष्मी महतो, सरिता शर्मा, विभा ठाकुरलगायतले निर्वाचनको वातावरण निर्माण गर्न मधेसको समस्या समाधानलाई पहिलो प्राथमितामा राख्नुपर्छ भन्नुभयो । रासस
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन