March 31, 2017

संविधान संशोधनबिना निर्वाचन हुनेमा आशङ्का

जनकपुरधाम, १८ चैत । महिला नेत्रीहरूले संविधान संशोधनबिना तराई–मधेसमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब जनकपुरधामद्वारा आज यहाँ आयोजित ‘सडकमा बहस’ कार्यक्रममा उहाँहरूले संविधान संशोधनबिना निर्वाचन गरिए द्वन्द्व उत्पन्न हुने आशङ्का गर्नुभयो । उहाँहरुले मधेसी समुदाय निर्वाचन विरोधी नभएर आफ्नो माग सम्बोधनको आशामा बसेको छ भन्नुभयो ।

नेपाल महिला सङ्घका केन्द्रीय सदस्य नीलम कर्णले मधेसको अवस्था र आवश्यकतालाई ध्यान नदिएमा निर्वाचन हुन सक्ने आधार छैन भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य फूलकुमारी महतोले आफ्नो पार्टी मधेसको समस्या समाधानका लागि क्रियाशील रहेको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य चमेलीदेवी दासले सीमाङ्कन र संशोधनका अतिरिक्त मधेसमा अन्य विषय गौण रहेको विचार व्यक्त गर्नुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विन्दु ठाकुरले मधेसमा निर्वाचनको वातावरण नभएको बताउँदै निर्वाचनको हठ त्यागेर समस्या समाधानतर्फ सबैको ध्यान जानु जरूरी भएको खाँचो औंल्याउनुभयो ।

तराई–मधेस महिला सङ्घका केन्द्रीय सदस्य रेणु झाले संविधान संशोधनले निर्वाचनको मार्ग खोल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रेणु झा तथा महिला नेत्रीहरु विभा पाण्डे, लक्ष्मी महतो, सरिता शर्मा, विभा ठाकुरलगायतले निर्वाचनको वातावरण निर्माण गर्न मधेसको समस्या समाधानलाई पहिलो प्राथमितामा राख्नुपर्छ भन्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।