चीनबाट फर्किएपछि प्रचण्डले के भने ?

Prachand-after-china-visit-काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण पूर्ण सफल र उपलब्धीमूलक रहेको दावी गरेका छन् ।

चीन भ्रमणबाट फर्किएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्रीहरु, विदेश विभाग प्रमुखका साथै तिब्बतमा पार्टी प्रमुख र सरकार प्रमुखसँग महत्वपूर्ण भेटवार्ता भएको तथा बोआओ फोरमलाई सम्बोधन गरिएको जानकारी दिए । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा दुवै देशमा रहेका अवसर र सम्भावनालाई भरपूर सदूपयोग गर्दै आपसी सदभावलाई अगाडि बढाउन दुवै देश सहमत भएको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिए ।

उनले नेपालमा रेलमार्ग निमार्ण, सडक, सिमापार विद्युत प्रशारण लाइन, भूकम्पपछिको पूर्ननिमार्णमा सहयोगको प्रतिवद्धता व्यक्त भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सीमापार आर्थिक विकास, रसुवागढी स्याप्रुबेसी सडक खण्डलाई स्तरोन्नती गर्न सम्झौताका लागि मातहतका निकायलाई निर्देशन दिने सहमति भएको समेत जानकारी दिए ।
प्रधानमन्त्री दाहालले अगाडि भने, ‘भूकम्पपछि अवरुद्ध भएको तातोपानी नाका खोल्न राष्ट्रपति ज्यूलाई आग्रह गर्दा उहाँ आफैले उक्त नाका खोल्न आफुले व्यक्तिगत रुपमा ध्यान दिएको बताउनुका साथै नेपालमा रेल ल्याउने तथा चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणका बारेमा पनि सकारात्मक चासो देखाउनुभयो ।’

भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न चाहने र गरिरहका चिनियाँ कम्पनीका प्रमुखहरुसँग नेपालमा लगानीको बिषयमा बिजनेश ग्राउण्ड टेबललाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेको जानकारी दिए । ल्हासामा रहँदा तिब्बल स्वाशासित क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव उ इन जे सँग महत्वपूर्ण कुराकानी भएको र यो छलफलले तिब्बत जनसरकारसँग मित्रवत प्रगाढ सम्बन्धलाई अझ सुदृढ गर्न र दुईपक्षीय सहयोगलाई अगाडि बढाउन मद्दत पुग्ने प्रधानमन्त्रीले जानकारी दिए ।

उनले पत्रकारहरुको निर्वाचनबारेको जिज्ञासामा निर्वाचन नहुनेबारे प्रश्न नै नगर्न अनुरोध गर्दै तोकिएको समयमा मधेसी मोर्चासहितको सहभागितामा निर्वाचन हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन