दुई देशको सीमास्तम्भ, रुख

A-tree-Nepal-India-border-at-Kanchanpur-768x466कञ्चनपुर, चैत १५ । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।
पुनर्वास नगरपालिका– ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुङ्ग्रीको रुख भन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्र्भट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद भए ।घटनापछि सिङ्गो देश केही दिन तरङ्गित बन्यो । आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए । भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश–विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन् ।

उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् । घटनापछि स्थलगत समाचार सङ्कलनका लागि त्यहाँ पुग्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का कमाण्डेन्ट दिलवाग सिंहले स्थलगत रुपमै डुङ्ग्रीको रुख देखाउँदै भने– “२०० नम्बर पिलर हराएकाले हामी यही रुखलाई सीमास्तभ मान्छौं ।” तर दशकौँदेखि आनन्द बजारक्षेत्रमा बस्दै आएका स्थानीयवासी भने भारतीय पक्षको उक्त दाबी गलत रहेको दलीलसहित नेपाली भू–भाग अतिक्रमणको दाउ मात्रै भएको बताउँछन् ।
“काँङ्ग्री खोलामा निर्माण गरिएको कल्र्भट छेउमै रहेको डुङ्ग्रीको रुख भन्दा झन्डै तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्छ,” सहिद गोविन्द गौतमका बुबा खेमलाल गौतमले भने “सीमास्तम्भ गायब पार्ने अनि हराएको बहाना बनाई अतिक्रमण गर्ने तरिका हो ।”

त्यसैगरी, स्थानीय छविलाल पौडेलले पनि उक्त रुख भन्दा परैसम्म नेपालको भू–भाग रहेको भन्दै भारतले अतिक्रमण गर्दै नेपालतर्फ सर्दै गरेको बताउँछन् । “भारतीय त पिलर नभएकै कारण कल्र्भटभन्दा वरै ९हाल सशस्त्र प्रहरीको अस्थायी वेस क्याम्प बसेको घर० सम्मै दशगजा दाबी गर्छन्,” पौडेलले भने –“जब कि डुङ्ग्रीको रुख भन्दा परसम्म नेपाली पुर्जा भएको जमिन छ ।” नेपाली लालपुर्जा भए पनि भारतीय पक्षले करिब एक दशकदेखि उक्त दुई बिगाह खेत स्थानीयवासीलाई कमाउन दिएका छैनन् ।

“जग्गाधनी स्थानीय करनबहादुर सुनारलाई भारतीय एसएसबीले जग्गा समेत भोगचलन गर्न रोक लगाएको छ, आफ्नै जग्गा भोगचलन गर्न नपाएको एक दशकभन्दा बढी भइसक्यो,” करनका श्रीमती तुलसादेवी सुनारले भने – “खेतमा गयो कि एसएसबी लखेट्न आइहाल्छन् ।”

“कलिलो उमेरमै आनन्द बजारको उर्वरभूमिमा जन्मिएको मेरो छोरोले हाम्रै माटोका लागि प्राण आहुति दिएको छ,” सहिद गौतमका बुबा खेमलालले भने– “अब कसैका दाजुभाइले यसरी मर्नु नपरोस् ।”
सिमानामा भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध लामो समयदेखि लड्दै आएका यहाँका स्थानीयवासीलाई सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ । सीमामा माटो बचाउनकै लागि लामो समयदेखि यहाँका स्थानीयवासी भारतीय पक्षको थिचोमिचो र वादविवाद सहदै आएका छन् । उनले भने – “भारतीयले नेपाली भूमिमा रहेको रुखलाई सिमाना मान्दासम्म कसैले पनि चासो देखाएनन् ।”त्यसैगरी, बेलौरीका पर्सबहादुर खड्काले २०० नम्बर सीमास्तम्भ भारतीय पक्षबाटै वर्षौं पहिले गायब पारिएको दाबी गर्छन् । विसं २०३८÷३९ भन्दा पहिल्यै २०० नम्बर सीमास्तम्भ यहाँ थिएन । उनले भने– “प्यारातालदेखि फटैयाँ गाउँसम्म भारतको अतिक्रमण निरन्तर छ ।”

सो क्षेत्रमा २०४६ सालमा पनि भारतीय पक्षले नेपाली भूमिमा आएर दाबी गरेको स्मरण गर्दै उहाँले त्यो बेला पनि स्थानीयवासीले लखेटेको बताए । “संयुक्त सर्वेक्षण टोली आएर भारतीय भूमिमै बसेर नापजाँच धेरै पटक गरे,” उनले भने – “संयुक्त टोलीमा रहेका नेपाली प्रविधिज्ञले हामीसित समन्वय नै गरेनन् ।”
आनन्द बजारक्षेत्रका सीमावासीले भने कल्र्भट निर्माणस्थल भन्दा वर दशगजामै भारतीय सुरक्षाकर्मी बस्दै आएका बताएका छन् । “त्यो हरियो डुङ्ग्रीको रुख ढलेपछि केलाई सिमाना मान्ने रु,” आनन्द बजारका व्यापारी नौला शाहीले भने– “यहाँ थिचोमिचो पहिलेदेखि नै थियो । अहिले आएर गोलीको प्रहारसमेत सहनु प¥यो ।”

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले लामो समयदेखि आनन्द बजार क्षेत्रको २०० नम्बर सीमास्तम्भ हराइरहेको बताए । भारतीय पक्षले सीमास्तम्भ हराएको अवस्थामा रुखलाई आधार मान्नु आधिकारिक नभएको उनको भनाइ छ ।

“दुवै देशको संयुक्त सर्वेक्षण टोलीले नभन्दासम्म आधिकारिक मान्ने कुरो भएन” – उनले भने । कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमाना छुट्याउने ३९० सीमास्तम्भ धेरै नदी खोलाले बगाएका छन् भने कतिपय सीमास्तम्भ मर्मतसम्भार हुन सकेका छैनन् ।

त्यसैगरी, केही दिनअघि सहिद परिवारलाई सरकारी राहत रकम दिन पुनर्वास पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०० नम्बर सीमास्तम्भ करिब एकसय वर्षभन्दा पहिलेदेखि हराइरहेकाले संयुक्त टोलीको सर्वेक्षण पछि सीमा विवाद हल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको