काठमाण्डौ चैत १५ – घर, जीवनभरको भरपर्दो र सुरक्षित आश्रयस्थल । घर बनाउनका लागि बर्षौ मिहेनत गर्छाैं । घर कस्तो बनाउने, रंग कस्तो लगाउने, कस्तो सजावट दिने इत्यादि कुरामा निकै ख्याल राख्छौं । कतिले घर निर्माणअघि वास्तुशास्त्र अनुसार जग्गा कस्तो छ, घरको मोहोडा कुन दिशामा फर्काउनुपर्छ, झ्याल ढोका कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन् ।
किन वास्तुशास्त्र ?
आफुलाई आधुनिक युगको पुस्ता ठान्ने हामीलाई वास्तुशास्त्र वाहियत जस्तो लाग्छ । यसलाई कतिले आडम्बर र अन्धविश्वास पनि ठान्छन् ।
तर, यो एक प्राचिन विज्ञान हो । वास्तुशास्त्रले निर्देश गरेको कुरा विज्ञानसंगत हुने गर्छ । हुनपनि घर निर्माणअघि भू धरातलदेखि हावाको वहकावसम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ ।
वास्तुशास्त्रमा आवासीय भवन निर्माण गर्दा कोठको दिशा र कोणहरुबारे सविस्तार उल्लेख गरेको छ ।
प्रवेशद्वार कहाँ हुनुपर्छ ?
घरको मूख्य प्रवेशद्वार वास्तुको हिसावले विशेष मानिन्छ । किनभने यसैले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने हो । यदि घरको मूख्य ढोका सहि दिशामा छ भने त्यसले सुख, समृद्धि कायम राख्ने विश्वास गरिन्छ ।
प्रमूख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो र ठूलो हुनुपर्छ । ढोका राम्रोसँग खुल्ने र आवाज नआउने हुनुपर्छ । घरको कुनैपनि ढोका धरातलभन्दा तल हुनु हुँदैन ।
– घरमुलीको कोठा दक्षिण-पश्चिम दिशामा हुनुपर्छ । यदि त्यस दिशामा सम्भव भएन भने उत्तर-पश्चिम दिशा दोस्रो सर्बश्रेष्ठ विकल्प हो ।
– उत्तर-पूर्वमा कुनैपनि बेडरुम हुनु राम्रो मानिदैन ।
– शौचालय एवं स्नानघर दक्षिण-पश्चिम दिशामा हुनु सर्वश्रेष्ठ मानिन्छ ।
– घरको सीढी प्रवेशद्वारको सामुन्नेमा हुनुपर्छ । र, सिढीको संयख विषम २१, २३, २५ हुनुपर्छ ।
– घरको अधिकांश ढोका र झ्याल उत्तर-पूर्वी दिशामा खुल्नुपर्छ ।
– दक्षिण पश्चिममा खुल्ने ढोका वास्तुको हिसावले सहि मानिदैन । किनभने यस दिशामा नकारात्मक उर्जा प्रवाह हुन्छ, जसले संघर्ष र दुर्भाग्य ल्याउँछ ।
– दक्षिण-पूर्वी दिशामा खुल्ने ढोकाले पनि घरमा दुख, क्रोध निम्त्याउँछ ।
– जुन घरको ढोका दक्षिणतर्फ खुल्छ, त्यसमा राम्रो उर्जा प्रवाह हुन
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ