सन्तान भएन भन्दैमा के सबैलाई आवश्यक छ त टेष्ट ट्युव बेबी सेवा ?

डाक्टर नुतन शर्माtimthumb

 काठमाडाैं चैत १३, सवै निसन्तान दम्पत्तीलाई टेष्ट ट्युव बेबी सेवा अन्तिम बिकल्प हो भन्ने होइन । यो केहीलाई मात्र चाहिने सेवा हो । अर्थात महिलामा हुने बाँझोपनको समस्या वा पुरुषमा हुने समस्या निदान गरि सन्तान जन्माउने अन्य आधुनिक प्रविधि पनि अहिले नेपालमा आइसकेको छ ।

 
धेरै दम्पत्तिहरु दुई तीन वर्ष भित्र सन्तान नहुँदैमा टेष्ट ट्युव बेबी सेवा नै लिने भनेर धाएको देखेकी छु तर त्यस्तो होइन प्रारम्भिक अवस्थामा दम्पत्तिमा हुने सामान्य खाले समस्याले पनि बच्चा नबसेको हुन सक्छ त्यसलाई पहिचान गरेर आवश्यक उपचार गरे टेष्ट ट्युव बेबी नगरेरै पनि सन्तान प्राप्तिको चाहना पुरा हुन सक्छ । 
 
अधिकांशहरुमा यस प्रकारको ज्ञान नहुन सक्छ, जस्तो महिलाको डिम्बको २ वटा ट्युव बन्द छ भने त्यस्तो अवस्था बच्चा बस्न सक्दैन,  त्यस्तो अवस्थामा मात्र टेष्ट ट्युव बेबीको आवश्यकता पर्ने हो । यदी डिम्बको एउटा मात्र ट्युव बन्द छ भने त्यस्तो अवस्थामा टेष्ट ट्युव बेवी सेवा नचाहिन सक्छ । 
 
जसको श्रीमानको स्पर्म काउन्ट कम छ वा स्पर्म नै छैन त्यस्तो अवस्थामा टेष्ट ट्युव बेवीको आवश्यकता पर्छ । महिलाको डिम्वासयबाट अण्डा बनाउने क्षमता कमजोर छ भने त्यस्तो अवस्थामा पनि टेष्ट ट्युव बेवीको आवश्यकता पर्छ । 
 
आम मानिसमा टेष्ट ट्युव बेवी गर्ने बित्तिकै बच्चा हुन्छ भन्ने भ्रम पनि छ । विश्वमा टेष्ट ट्युव बेबी ४५ देखि ५० प्रतिशत मात्र सफल हुने  गरेको तथ्याकं छ । किनभने टेष्ट ट्युव गर्दा जति पनि बाहिर फर्टिलाइजेसन गरिन्छ । त्यो नेचुरल फर्टिलाइजेसनकै बिधिलाई अवलम्बन गर्ने प्रयास गरिएको हो ।
 
तर बाहिरी वातावरणीय तत्वहरुले पार्ने प्रभावका कारण त्यसको सफलता नेचुरल फर्टिलाइजेसनको तुलनामा कम हुने गरेको हो ।  सबै भन्दा पहिले हामीकहाँ समस्या लिएर आएका दम्पत्तिलाई टेष्ट ट्युव बेबी सेवा लिने सल्लाह दिदैनौ किनभने सामान्य उपचार गरेर पनि कत्तिको सन्तान नहुने समस्याको निदान गर्न सकिन्छ । उपचार गर्न आएका दम्पत्तिमा के कस्तो समस्या छ, सबै भन्दा पहिले त्यो पहिचान गर्छौ ।
 
शुरुमा श्रीमान र श्रीमतीमा Base line Test  गर्छाै, कतिपय अवस्थामा पाठेघरको इन्फेक्सन, थाइराइड लगायतका रोगले पनि बाँझोपनको समस्या गराएको हुन सक्छ । दम्पत्तिको सुक्ष्म परीक्षणबाट बच्चा बस्न  नसक्नुको कारण पहिचान गरेर मात्र अन्य बिकल्पमा जान सकिन्छ ।
 
सामान्तय ६० देखी ६५ प्रतिशत दम्पत्तिमा पाठेघरको इन्फेक्सन, थाइराइड, वा अन्य कुनै समस्याकै कारण बच्चा बस्न नसकेको हुन सक्छ उनीहरुमा प्राम्भिक उपचार प्रक्रियाबाट बच्चा नहुने समस्यालाई समाधान गर्न सकिन्छ र त्यसरी पनि बच्चा नहुने समस्या भएका मध्ये ३५ देखी ४० प्रतिशतलाई मात्र अन्तिम बिकल्पका रुपमा टेष्ट ट्युव बेवी सेवा आवश्यक पर्ने हो । 
 
महिलाहरुमा प्रत्येक महिनामा डिम्बासयबाट धेरै अण्डा मध्येबाट एउटा अण्डा परिपक्क भएर फुट्छ र त्यो पुरुषको स्पर्मसँग मिलेर बिकास भए त्यसले फर्टिलाइजेसन प्रक्रिया सुरु गर्छ । यदी एउटा मात्र अण्डा बन्दा फर्टिलाइजेसन हुने सम्भावना न्युन हुन जान्छ त्यसैले टेष्ट ट्युव बेवीमा जादा बाहिरी बातावरणीय प्रभावको जोखिम हुने भएकाले महिनावारी शुरु हुने दुई दिनदेखी इन्जेक्सन दिएर धेरै अण्डा बनाउने प्रक्रिया शुरु गर्नुपर्छ ।
 
अण्डालाई परिपक्व बनाउन इन्जेक्सन दिने गरिन्छ र अल्टा साउण्ड गर्दै नौ, दश दिनसम्म अण्डाको साइज हेरिन्छ । अण्डा परिपक्व भएको बेलामा महिलालाई एनेस्थेसिया दिएर भिडियो एक्सरेको माध्यामबाट डिम्बहरु निकालिन्छ र Incubator    मा वीर्यसँग फर्टिलाइजेसन गराएर बच्चा बनाइन्छ ।
 
त्यो बच्चालाई दुईदेखी ५ दिनसम्म Incubator  मा  राखेर बिकास गराइन्छ र राम्रो एम्ब्रीयोलाई आमाको पाठेघरमा Transfer  गरिन्छ अनि बच्चा बस्ने प्रक्रिया आमाको पाठेघरमा शुरु हुन्छ । त्यसरी बच्चाको विकास हुँदै गएर आमाबाट सन्तानको जन्म हुन्छ ।
 
सन्तान नभएका कतिपय दम्पत्तीहरु अहिलेपनि उपयुक्त परामर्श नपाएर समस्यामा परेका हुन सक्छन त्यसैले टेष्ट ट्युव बेवी सेवा आवश्यक वा हो अन्य प्रारम्भिक उपचारबाट पनि सन्तान प्राप्तिको चाहनालाई पुरा गर्न सकिन्छ । त्यसका लागि बिशेषज्ञ चिकित्सकसँग आवश्यक सल्लाह वा परामर्श लिने  गर्राै ।  
 
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस