सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ।

आइसिटी फाउण्डेशनद्वारा शुक्रबार यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालहरूलाई नेपालको प्रचलित कानुनअनुसार दर्ता गराउनुपर्ने, कर तिर्नुपर्ने र अन्य कानुनी दायित्व पूरा गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार यस सम्बन्धमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई यसअघि नै आवश्यक निर्देशन दिइसकिएको छ।

“नेपालमा हुने सबै किसिमका सूचना प्रविधि–सम्बन्धी कारोबारबारे सरकारले जानकारी राख्नुपर्छ। नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले कानुनअनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले सूचना प्रविधिको विकास र प्रवर्द्धनमा सरकारले जनताको चाहनाअनुसार ध्यान दिने, स्वदेश तथा विदेशमा लगानी गरेर आम्दानी गर्ने अवसरलाई आत्मविश्वासका साथ अघि बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गरिने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको तीव्र विकासले समाजमा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै, पुुष्पलाल मध्यपहाडी राजमार्ग यात्राका क्रममा रुकुमको दुर्गम गाउँका वृद्ध आमाहरूले समेत फेसबुक प्रयोग गर्न थालेको देख्दा खुसी लागेको स्मरण गर्नुभयो।

उहाँले नेपाललाई डिजिटल प्रविधि र हरित ऊर्जाको लागि उपयुक्त गन्तव्यका रूपमा वर्णन गर्दै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावकारी उपयोगद्वारा विकास र समृद्धिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

गत वर्षदेखि अनलाइन माध्यममार्फत एसईईका विद्यार्थीलाई उपलब्ध गराइएको शिक्षण सेवाबाट १ लाख ५० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भई नतिजामा सुधार आएको अनुभव पनि उहाँले सुनाउनुभयो। बालबालिकालाई मोबाइलको दुरुपयोगबाट जोगाउँदै शिक्षा र विकासमा यसलाई सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

एआई नीति हालै पारित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधि क्षेत्रको रूपान्तरण र सुधारमा सरकार केन्द्रित रहेको बताए। उहाँका अनुसार विकासका उपलब्धि नदेखेर नियतवश निराशा फैलाउने प्रयासहरू भइरहेको भए पनि सरकारले स्थिरता, सुशासन र विकासका लागि सूचना प्रविधिको उपयोगमा स्पष्ट नीति लिएको छ।

सुशासन कायम गर्न पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबाट मानव आचरणमा सुधार ल्याई भ्रष्टाचार शून्यमा पुयाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज