चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने


काठमाडौँ, असोज २४ गते।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस गर्दा ब्रान्ड नाम होइन, जेनेरिक नाम मात्र क्यापिटल लेटर मा लेख्न निर्देशन दिएको छ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै सबै चिकित्सक र शिक्षकलाई डिन कार्यालयबाट प्राप्त निर्देशनअनुसार बिरामीलाई औषधी सिफारिस गर्दा जेनेरिक नाम मात्र ठूला अक्षरमा लेख्न आदेश दिएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुबासप्रसाद आचार्यका अनुसार यो निर्णय औषधी प्रयोगमा पारदर्शिता र औषधी उद्योगको प्रभाव घटाउनका लागि गरिएको हो।

यससँगै अब चिकित्सकहरूले औषधीको कम्पनी वा ब्रान्ड नाम लेख्न पाउने छैनन्। नेपालमा लामो समयदेखि चिकित्सकहरूले औषधी सिफारिस गर्दा ब्रान्ड नाम प्रयोग गर्ने प्रचलन रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट