उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको समर्थनमा ‘उज्यालो नेपाल पार्टी’ औपचारिक रूपमा घोषणा गरिएको छ।

उक्त पार्टीको घोषणा काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित  कार्यक्रममार्फत गरिएको हो। पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा गठन गरिएको यो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको छ। कार्यक्रमस्थलमा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू हरियो झण्डा र ‘चिम’ अंकित टोपीसहित उपस्थित थिए।

यसअघि मंसिर १२ गते जारी गरिएको विज्ञप्तिमा पार्टीले आफूलाई दलहरूको भीडमा थपिएको अर्को दल मात्र नभई उज्यालो सपना साकार पार्न सक्षम नेतृत्व, कार्यकुशलता र अनुभव भएको राजनीतिक शक्ति को रूपमा प्रस्तुत गरेको थियो। पार्टीले आम नेपाली जनताले भरोसा गर्न सक्ने विकल्प बन्ने दाबी पनि गरेको छ।

घोषणा कार्यक्रममा हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर केही समयदेखि निष्क्रिय रहेकी सुमना श्रेष्ठको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

सभामुखमा अर्याल निर्विरोध

 चैत २०, काठमाडौँ ।  प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।  राष्ट्रिय स्वतन्त्र