राहदानी वितरणमा हट्यो कोटा


मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग नयाँ सम्झौता गरी सात लाख बायोमेट्रिक राहदानी खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको निर्णयपछि विभागले सो सम्झौता सम्पन्न गरेको हो।

सम्झौताअनुसार आगामी तीन हप्ताभित्र पहिलो किस्ताका राहदानी नेपाल आइपुग्नेछन्। त्यसपछि क्रमशः निरन्तर आपूर्ति सुरु हुने विभागले जानकारी दिएको छ।

राहदानी अभाव हट्ने संकेत देखिएसँगै विभागले केही समयदेखि जारी गरेको वितरण कोटा पूर्ण रूपमा हटाएको छ। राहदानी पुस्तिका अभावका कारण विभागले दैनिक एक हजारको कोटा निर्धारण गर्दै आएको थियो।

अबदेखि सेवाग्राहीको मागअनुसार दैनिक ‘स्लट’ क्रमशः बढाउँदै लैजाने विभागको योजना छ। विभागीय भवनबाट हुने अनलाइन आवेदनका लागि हाल एक हजारमा सीमित रहेको दैनिक स्लट विभागको क्षमताअनुसार बिस्तार गरिने जनाइएको छ।

त्यस्तै, जनशक्ति अतिरिक्त समय खटाइ सेवा प्रभावकारी बनाइनेछ। विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीलाई पनि पहिलेझैँ १–२ हप्ताभित्र राहदानी छपाई गरी पठाइने व्यवस्था यथावत रहनेछ।

जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत कात्तिक १५ गतेसम्म आवेदन दिएका व्यक्तिहरूको राहदानी दुई हप्ताभित्र जारी हुने विभागले जनाएको छ। सो मितिपछि प्राप्त आवेदनहरू भने साविककै क्रमअनुसार प्रसोधन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट