१० चैत, काठमाडौं । व्यवस्थापिका संसदले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत पाउने र प्रत्यक्षमा कम्तिमा एक सिट जित्ने पार्टीलाई मात्रै राष्ट्रिय दलको मान्यता दिने कानुन निर्माण गरेकोलाई बिहीबार प्रकाशित सबै दैनिक पत्रिकाले महत्वका साथ फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चीन भ्रमणमा जाने समाचारलाई पनि दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।
यससँगै स्थानीय तह पुनर्संरचनासँगै नयाँ बजेट ढाँचाबारे अन्योल बढेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले प्राथमिकता दिएको छ । १६ सय भूकम्पपीडित परिवारले आवास निर्माणका लागि दोस्रो किस्ता सरकारी राहत पाएको समाचारलाई महत्व दिएको नयाँ पत्रिका दैनिकले बेलायतको संसद भवनमा हमला प्रयास भएकोलाई पनि उल्लेख गरेको छ ।
‘दानवीर दम्पती’ शीर्षकमा सप्तरीका जोगेन्द्र र ठोकादेवी भगतको स्टोरीलाई खास प्राथमिकता दिएको कान्तिपुर दैनिकले स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरिने समाचारलाई पनि महत्व दिएको छ । मतमत्र छपाई दबावमा स्थगित भएकोलाई नागरिक दैनिकले फ्रन्टपेजमा छापेको छ ।
बोल्दाबोल्दै फोन काटियो भने क्षतिपूर्ति पाइने समाचारलाई गोरखापत्र दैनिकले एंकर बनाएको छ ।
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी
फाइल फोटो जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ
जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर
जेठ ०५, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको