१० चैत, काठमाडौं । व्यवस्थापिका संसदले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत पाउने र प्रत्यक्षमा कम्तिमा एक सिट जित्ने पार्टीलाई मात्रै राष्ट्रिय दलको मान्यता दिने कानुन निर्माण गरेकोलाई बिहीबार प्रकाशित सबै दैनिक पत्रिकाले महत्वका साथ फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चीन भ्रमणमा जाने समाचारलाई पनि दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।
यससँगै स्थानीय तह पुनर्संरचनासँगै नयाँ बजेट ढाँचाबारे अन्योल बढेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले प्राथमिकता दिएको छ । १६ सय भूकम्पपीडित परिवारले आवास निर्माणका लागि दोस्रो किस्ता सरकारी राहत पाएको समाचारलाई महत्व दिएको नयाँ पत्रिका दैनिकले बेलायतको संसद भवनमा हमला प्रयास भएकोलाई पनि उल्लेख गरेको छ ।
‘दानवीर दम्पती’ शीर्षकमा सप्तरीका जोगेन्द्र र ठोकादेवी भगतको स्टोरीलाई खास प्राथमिकता दिएको कान्तिपुर दैनिकले स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरिने समाचारलाई पनि महत्व दिएको छ । मतमत्र छपाई दबावमा स्थगित भएकोलाई नागरिक दैनिकले फ्रन्टपेजमा छापेको छ ।
बोल्दाबोल्दै फोन काटियो भने क्षतिपूर्ति पाइने समाचारलाई गोरखापत्र दैनिकले एंकर बनाएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन