विश्वका दश दश वटा सुखी तथा दुखी राष्ट्रहरुको एक झलक

global-happiness-650x250वासिङ्गटन,  चैत । तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भएपुग्छ, । त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमान्दारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटि) आफनो जीवनलाई सुखमय तुल्याउन सकिन्छ ।

सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प्रतिवेदनः “वल्र्ड ह्याप्पिनेस रिपोर्ट” प्रकाशन गरी विश्वका एकसय पचपन्न राष्ट्रलाई सामान्यतया दुई भागमा वर्गिकरण गरी सुखी तथा दुःखी राष्ट्रहरुको एक सूची नै निकालेका छन् ।

“सुखका लागि अनुसन्धान” नामक यस अनुसन्धान परियोजनामा औसत बैयक्तिक आय, स्वस्थ रही बाँचिने प्रतिब्यक्ति औसत आयु (लाइफ एक्सपेक्टेन्सि), एक आपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, बैयक्तिक दया तथा क्षमाशीलता जस्ता मूल्य र मान्यतालाई निरुपण गरी यसैमा आधारित भई मापदण्ड निर्धारण गरिएको थियो ।

यी सबै मूलतत्वहरुलाई समग्रमा मूल्याङ्कन गर्न एक देखि दश अङ्कसम्म प्रदान गरी सुखी तथा दुखी राष्ट्रको पहिचान वा आंकलन गरिएको थियो ।

तीमध्ये दश/दशवटा प्रमुख सुखी तथा दुःखी देशको एउटा छोटो झलक यहाँ पनि दिइएको छ । प्रकाशित सूचीअनुसार यस धर्र्तीमा अत्यन्त सुखी मानिने राष्ट्रको बरियता क्रममा नर्वेले सात दश अङ्क प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको छ । यस अघिसम्म नर्वे सो क्रमको चांैथो स्थानमा रहेकोमा यसवर्ष छलाङ्ग मारी प्रथम स्थानमा पुगेको हो ।

विश्वकै सर्वाधिक शक्तिशाली मानिनुका साथै आर्थिक हिसाबमा पनि तुलनात्मक रुपले अन्य बहुसङ्ख्यक राष्ट्र भन्दा धनी कहलाइने अमेरिका भने बरियता क्रमको चांैधौँ स्थानमा परेको छ । वितेको एक दशकमा प्रतिव्यक्ति आयमा मनग्गे वृद्धि गराउन सफल अमेरिकीहरु गतः वर्षसम्म यसै वरिष्ठता क्रमको तेह्रौं स्थानमा रहेकामा विस्तारै सुखप्राप्तिबाट विमुख भई यस वर्ष चौधौँ स्थानमा खस्किन पुगे ।

त्यस्तै, अत्यन्त दुःखी मानिने राष्ट्रको बरियता क्रममा दुई दशमलब उनान्सत्तरी अङ्क प्राप्त गरी केन्द्रीय अफ्रिकी गणतन्त्र (सेन्ट्रल अफ्रिकन रिपब्लिक) प्रथम स्थान (सबभन्दा निम्नस्थान) मा परेको छ । सुखी मानिने राष्ट्रको बरियता क्रममा ७.५२ अङ्क प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा रहेको छ । यस अघिसम्म डेनमार्क प्रथम स्थानमा रहेको थियो ।

“राम्रै भयो । सधैँभरी सुखी राष्ट्रको इज्जत कमाउने नाममा एकाधिकार त जमाउन पाइँदैन नि” डेनमार्कको राजधानी कोपेन्हेगनस्थित ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत मिएक वाइकिङ्गले टिप्पणी गरे ।

सुखी राष्ट्रहरुको वरिष्ठता क्रममा ७.५० अङ्क प्राप्त गरी आइस्ल्यान्ड तेस्रो स्थानमा प¥यो । यसै क्रमका अन्य राष्ट्रमाः स्विट्जरल्यान्ड – ७.४९ (चौँथो), फिनल्यान्ड – ७.४७ (पाँचौँ), नेदरल्याण्ड्स – ७.३८ (छैठौँ), क्यानाडा – ७.३२ (सातौँ), न्युजिल्यान्ड – ७.३१ (आठौँ), अस्ट्रिया – ७.२८ (नवौँ) र स्विडेन – ७.२७ (दशौँ) स्थानमा रहेका छन् ।

त्यस्तै, दुखी राष्ट्रहरुको वरिष्ठता क्रममा २.९१ अङ्क प्राप्त गरी बुरुन्डि दोस्रो स्थानमा छ, भने ३.३५ अङ्क प्राप्त गरी तान्जानिया तेस्रो स्थानमा छ । यसै क्रमका अन्य राष्ट्रहरुमाः सिरिया – ३.४६ (चांैथो), रुवान्डा – ३.४९ (पाँचौँ), टोगो –३.५० (छैठौँ), गिनी – ३.५१ (सातौँ), लाइबेरिया – ३.५३ (आठौँ), दक्षिणी सुडान – ३.५९ (नवौँ) र येमन – ३.६० (दशौँ) स्थानमा रहेका समेत जनाइएको छ । रासस/एपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको