पद धरापमा परेपछि यसो भन्छन् स्वास्थ्यमन्त्री गगन थापा, प्रचण्ड र देउवालाई राहत !

Gagan-thapa-1-650x433काठमाडौं, ७ चैत । स्वास्थ्यमन्त्री गगन थापाले आफूलाई सरकारबाट फिर्ता बोलाइए कुनै नौलो विषय नहुने बताएका छन् ।

आफूलाई स्वास्थ्य मन्त्रालयबाट फिर्ता बोलाउने चर्चा बढेपछि मन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे ।

‘अहिले संविधान कार्यान्वयन र निर्वाचन गराउनु सरकारको मुख्य कार्यभार हो,’ कांग्रेसका युवा नेता समेत रहेका उनले भने– ‘यसका लागि संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गरी सबै पक्षलाई समेट्नुपर्ने अवस्था छ । त्यसका लागि सांसदको संख्या धेरै चाहिने भएकाले सकेसम्म धेरै दललाई सरकारमा लैजान सत्तारुढ दलले प्रयास गर्नुपर्छ । र, यस्तो बेला मलाई फिर्ता बोलाए पनि अचम्म मान्नुपर्ने कुनै कारण छैन् । किनकि देशको समस्या समाधान हुन्छ भने गगन थापाको पद ठूलो होइन् ।’

आफूले प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाको समस्या बुझेको बताउँदै मन्त्री थापाले भने– ‘कमल थापाजी सरकारमा जानुभयो अब फोरम लोकतान्त्रिकलाई सरकारलाई लैजाने हो । त्यसमा पनि उसले स्वास्थ्य मन्त्रालय नै चाहिन्छ भन्यो भने दिन्छु भन्नुपर्ने अवस्था आउछ र गगन थापा फिर्ता हुनुपर्छ ।’

खुरुखुरु काम गर्न प्रचण्ड र देउवाको आग्रह

 

यद्यपी मन्त्री थापाले आफूलाई स्वास्थ्य मन्त्रालयबाट फिर्ता बोलाउने सम्भावना नरहेको स्पष्ट पारे । ।

‘मलाई स्वास्थ्य मन्त्रीबाट हटाईँदै छ भन्ने चर्चा भएपछि प्रधानमन्त्री र पार्टी सभापतिले मलाई त्यो हल्ला मात्र हो त्यसलाई मतलव नगरी थालेका सुधारका कामलाई खुरुखुरु अघि बढाउनुस् भन्नुभएको छ,’ उनले भने– ‘प्रधानमन्त्री र पार्टी सभापतिले नै यो कुरा सत्य होइन भनिसकेकाले मैले अझै काम गर्ने अवसर पाउनेमा ढुक्क छु ।’

पछिल्लो समय विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालय सुम्पिने तयारी गरेपछि गगनको पद धरापमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको