निर्वाचनका लागि अावश्यक सामग्री भारत र चीनबाट ल्याइने

Election-commissionकाठमाडाैं, ४ चैत । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्री भारत र चीनबाट ल्याउने भएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये सवारीसाधन भने भारतबाट मात्रै ल्याउने भएको छ । भारतबाट माग गरिएका सवारीसाधनमा डबल क्याब पिकअप गाडी सबैभन्दा बढी ४५ वटा ल्याउने तयारी गरिएको छ । स्कोरपियो गाडी सातवटा ल्याउने तयारी भएको छ । पहाडी क्षेत्रमा प्रयोग गर्न ३० वटा मोटरसाइकल र स्कुटर भने सातवटा ल्याइने भएको छ । निर्वाचन आयुक्तले कार्यालय प्रयोजनका लागि उपयोग गर्नेगरी एउटा गाडी ल्याउन लागिएको आयोगले जनाएको छ । यसबाहेक निर्वाचनका लागि प्रयोग गर्न मसी र छेकाबार पनि भारतबाट ल्याउन लागिएको छ ।
निर्वाचन आयोगले चीनबाट ल्याउन लागेका सामग्री भने बढी खुद्रा प्रकृतिका छन् । ग्लुस्टिक, पेन, स्ट्याम्पप्याड, टेबल घडीजस्ता सामान चीनबाट ल्याउन लागिएको आयोगले जनाएको छ । चीनबाट ११ प्रकृतिका सामग्री ल्याउँदै छ । तर, ती सबै सामग्री चीन सरकारको तर्फबाट अनुदानमा प्राप्त हुनेछन् । आयोग स्रोतका अनुसार निर्वाचनमा छिमेकी मुलुकको सहायता पनि छ भन्नका लागि मात्रै चीन र भारतबाट यस्ता सामग्री ल्याउन लागिएको हो ।

चीनबाट ल्याउन लागिएका सामग्री

जेलपेन (कालो) २७५०० प्याकेट
जेलपेन (रातो) २७५०० प्याकेट
स्केल (स्टिल) ५५००० पिस
सिजर २७५०० पिस
ग्लुस्टिक २७५०० पिस
क्यालकुलेटर २७५०० पिस
पनिचङ मेसिन २७५०० पिस
स्ट्याम्प प्याड १६५००० पिस
स्ट्याम्प प्याड इन्क ८२५०० पिस
रबर म्याट ५५००० पिस
टेबल घडी २७५०० पिस
भारतबाट ल्याउन लागिएका सामग्री
कार (आयुक्तको प्रयोगका लागि) १
स्कारपियो जिप ७
सेडन कार ४
मोटरसाइकल ३०
स्कुटर ७
डबल क्याब पिकअप ४५
मिनीबस १
माइक्रोबस १
नउड्ने पक्का मसी
छेकाबार
रबर म्याट
युएनडिपीले पनि सहयोग गर्ने
निर्वाचन सहायता कार्यक्रमअन्तर्गत युएनडिपीले निर्वाचन आयोगलाई केही लजिस्टिक सामान सहयोग गर्ने इच्छा राखेको छ । युएनडिपीले कम्प्युटर र निर्वाचन अधिकृतका लागि झोलाजस्ता सामग्री सहायता गर्न खाजेको छ । तर, आयोगले सामान्य सहयोग नलिने सोच बनाएको छ । युएनडिपीका सामान्य सहयोग लिने कि नलिने भनेर पनि आयोगमा छलफल चलेको छ । मतदाता शिक्षाका लागि सञ्चालन गरिने तालिम कार्याक्रमका लागि भने आइफेसले ३ करोड रुपैयाँ सहायता गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६