काभ्रेपलाञ्चोक जिल्लाबाट यस शैक्षिक सत्रमा ८ हजार ६ सय २० जना विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदैछन्। मंगलबार काभ्रेको धुलिखेलमा पत्रकार सम्मेलन गरी जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिम्खडाले ८ हजार ६ सय २० जना परीक्षार्थीका लागि ४० वटा केन्द्र तोकिएको जानकारी दिए।
‘हामीले परीक्षार्थीहरुका लागि जिल्लाको विभिन्न स्थानमा गरी ४० वटा केन्द्र तोकी केन्द्राध्यक्षको समेत ब्यवस्था गरिसकेका छौं’ शिम्खडाले भने। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्लाभरीमा ३ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनले जानकारी दिए। ‘प्रत्येक केन्द्रमा ७ जना सुरक्षाकर्मी रहनेछन्’ प्रमुख जिल्ला अधिकारी शिम्खडाले भने, ‘परीक्षा केन्द्रको अवस्था अनुसार कम्पाउण्ड नभएका खुल्ला केन्द्रको लागि आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालित हुनेछन्।’
१० कक्षामा अध्ययनरत विद्यार्थीले यस वर्ष चैत ३ देखि १४ गतेसम्म माध्यमिक शिक्षा परीक्षा दिँदैछन्। जिल्ला शिक्षा कार्यालय काभ्रेका परीक्षा शाखाका अधिृकत रामबहादुर तामाङका अनुसार ८ हजार ८० जना नियमिततर्फको परीक्षार्थी छन्। १ सय ६५ जनाले भने विद्यालयमा ७५ प्रतिशत भन्दा कम हाजिर भएका कारण परीक्षा दिन पाएनन्।
२ दृष्टिविहीन र ७ बहिरा विद्यार्थी
काभ्रे जिल्लाबाट यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षामा २ जना दृष्टिविहीन र ७ जना बहिरा विद्यार्थी सहभागी हुँदैछन्। त्यस्तै विभिन्न मुद्दामा बन्दी भएका ७ जना कैदी बन्दीहरुले जिल्ला कारागारबाट परीक्षामा सहभागिता जनाउने शिक्षा कार्यालयका परीक्षा शाखाका शाखा अधिकृत तामाङले बताए। जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी २ सय १६ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन